रामेछाप । रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ।
रामेछाप नगरपालिका–४ तिलबारीकी ती महिलामाथि आफ्नै घरमा जबरजस्ती करणी गरेको आरोपमा सुनसरी घर बताउने प्रेम बिसुंखेलाई प्रहरीले पक्राउ गरेको हो। उनी लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका थिए।
प्रहरीका अनुसार घटना भदौ २ गते भएको हो। घटनापछि फरार भएका बिसुंखेको खोजीमा इलाका प्रहरी कार्यालय धोबीडाँडाबाट टोली परिचालन गरिएको थियो।
खोजतलासका क्रममा भदौ ३ गते तिलबारीस्थित मानिस नबस्ने एउटा घरमा लुकिछिपी बसेको अवस्थामा उनलाई फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका बिसुंखेमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया


