• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ४. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ६. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ७. कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ८. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ९. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • १०. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

भोटेकोशी हिमबाढी : सुरुङभित्र चामत्कारिक सफलता

  •   शनिबार, भदौ २०, २०८३ मा प्रकाशित

काठमाडौँ, भदौ २० गते । भोटेकोशी बाढीले विभिन्न जलविद्युत् आयोजनामा अकल्पनीय क्षति पुर्‍याउँदा १० औँ दिनसम्म सुरुङभित्र फसेकाको उद्धारमा नेपाली सेनासहितको टोलीले चामत्कारिक सफलता प्राप्त गरेको छ ।

खोज तथा उद्धारलाई तीव्रता दिने क्रममा शुक्रबार त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सप्तरी तिलाठी कोइलाडी–४ का ३१ वर्षीय सञ्जयकुमार साह र काठमाडौँ, कीर्तिपुरका ४४ वर्षीय कविर महर्जनको जीवितै उद्धार गरिएको हो । दुवै जनालाई हेलिकोप्टरमार्फत काठमाडौँस्थित वीरेन्द्र अस्पताल, छाउनी ल्याएर उपचार भइरहेको छ । उक्त सुरुङभित्र अझै मानिस जीवितै रहेको हुन सक्ने आशा बढेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले सुरुङभित्र थप व्यक्ति फसेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै खोज तथा उद्धार थप तीव्र पारिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुङभित्रको जीवन उद्धारका लागि हाम्रो प्रयास निरन्तर जारी छ । सबैलाई फेला नपारुन्जेल खोज तथा उद्धार कार्य जारी रहने छ ।”  उहाँका अनुसार त्रिशूली–३ ‘ए’ को सुरुङमा नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल नेपालका १८ तथा नेपाल प्रहरी र प्राविधिक विज्ञसहितको संयुक्त टोली परिचालित छ ।

बाढी तथा पहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धारका लागि सेनाका सात तथा निजीक्षेत्रका छ गरी १३ वटा हवाई साधन निरन्तर परिचालन गरिएको छ । उद्धार टोलीले त्रिशूली–३

‘बी’ को सुरुङभित्रका संरचनासम्म पुग्ने प्रयासलाई तीव्र बनाएको छ । त्यहाँ सेनाका ८९, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोली परिचालन गरिएको छ । आयोजनाको कार्यालय तथा कर्मचारी आवास क्षेत्र पहिचान भइसकेको र त्यहाँ पुग्न एक्साभेटरबाट बाटो बनाउने र बबक्याटको प्रयोग गरी माटो तथा अन्य अवरोध हटाउने कामलाई तीव्रता दिइएको सेनाले जनाएको छ । अडिट–१ बाट सुरुङभित्र ४२६ मिटर प्रवेश गरिएको र एक्स्काभेटर प्रवेश गराई त्रिशूली–३ ‘ए’ सँग ‘लिङ्कअप’ गरी सुरुङभित्र उद्धारका लागि आवश्यक उपकरण पुर्‍याउने प्रयास जारी छ ।

सुरुङभित्र तीन शव फेला 

खोज तथा उद्धार टोलीले त्रिशूली–३ ‘ए’ को सुरुङबाट एक र लाङटाङ हाइड्रोपावरको सुरुङभित्र दुई जना गरी तीन जनाको शव फेला पारेको जनाइएको छ । निर्माणाधीन लाङटाङ हाइड्रोपावरको सुरुङभित्र पनि खोज तथा उद्धार कार्य जारी रहेको र चिलिमे हाइड्रोपावरको सुरुङमा जमेको लेदो हटाउन विदेशी प्राविधिकसहितको संयुक्त टोलीले जेनेरेटर र ‘मड पम्प’ सुरु गरेका  छन् ।

त्यसै गरी माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको हाकुस्थित सुरुङमा नेपाली सेनाका १७ जना तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गरिरहेका छन् ।

प्रभावित क्षेत्रमा यातायात सम्पर्क पुनस्र्थापित गर्न देवीघाटस्थित तादी नदीमा पुल जडानको कामसमेत अघि बढाउन नेपाली सेनाको इन्जिनियरिङ फौजका ५५ जना खटाइएको र पुल जडानका लागि आवश्यक आधार तयार गरिरहेका छन् । देवीघाटस्थित त्रिशूली नदीमा ‘एक्रो ब्रिज’ जडान गरी आवागमन सुचारु गर्ने प्रयास जारी छ ।

उद्धारमा ठुलो जनशक्ति 

बाढीबाट प्रभावित क्षेत्रको खोज तथा उद्धार, स्वास्थ्य सेवा, शव व्यवस्थापन तथा सडक सञ्चालनका लागि नेपाली सेनाले ठुलो सङ्ख्यामा जनशक्ति परिचालन गरेको जनाएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासीपूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका नौ हजार तीन सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालित छन् ।

ती सैनिकले घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सुचारु तथा आपत्कालीन उपचारको काम गरिरहेका छन् । प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्तीमा स्थानीयवासीलाई सुरक्षा प्रत्याभूति दिलाउन पैदल गस्तीसमेत सञ्चालन गरिएको छ ।

चिकित्सक अधिकृतसहितका टोलीले प्रभावित तथा उद्धार गरिएका व्यक्तिलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । त्यसै गरी सेनाले बाढीबाट उत्पन्न सङ्कटसँग जुध्न हवाई उद्धारदेखि सुरुङभित्रको जोखिमपूर्ण खोजी, सडक तथा पुल पुनस्र्थापना, शव व्यवस्थापन र स्वास्थ्य उपचारसम्मका काम एकीकृत रूपमा अगाडि बढाइएको छ ।

शनिबार, भदौ २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित
पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश
भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण
तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ५.
    विपना थापा र वर्षा राउतको अभिनय रहने

  • ६.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

भर्खरै

  • १.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • २.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ३.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ४.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ५.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

  • ६.
    तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ७.
    एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित, पोखरा एभेन्जर्स लगातार दोस्रो हारसँगै दबाबमा

  • ८.
    आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.