• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ५. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ६. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • १०. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  •   शुक्रबार, कार्तिक ०६, २०८३ मा प्रकाशित

म्याग्दी, कात्तिक ६ गते । असोज ३० गते शनिबारदेखि अवरुद्ध बेनी–दरबाङ सडकखण्ड अन्तर्गत फापरखेतको पहिरो शुक्रबार बिहान सात दिनपछि खुलेको छ । निरन्तर सुक्खा पहिरो झरिरहेकाले जोखिमपूर्ण बनेको सडकमा दुईवटा मेसिन परिचालन गरी पहिरो पन्छाएपछि यातायात सञ्चालनका लागि बाटो खुलाइएको हो ।

तातोपानी प्रहरी चौकीका सइ काजीराम श्रेष्ठका अनुसार माथिबाट नियमित रूपमा पहिरो झरिरहेकाले सडक खुलाउने काम जोखिमपूर्ण बनेको थियो । जोखिमका बिच दुईवटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम गरिएको उहाँले बताउनुभयो । बिहान सडक खुलाएर केही गाडी वारपार गराएको र पुनः सडक फराकिलो भएको उहाँको भनाइ छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका इन्जिनियर मुक्ति बुढाथोकीले बेनी–दरबाङ सडक आफ्नो कार्यालयको कार्यक्षेत्रभित्र पर्ने भएकाले पहिरो खसेको दिनदेखि नै सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो । निरन्तर पहिरो झरिरहेकाले तत्काल सडक खुलाउन नसकिएको भए पनि शुक्रबार मात्रै सफल भएको उहाँको भनाइ छ।

पहिरो पन्छाउन प्रयोग गरिएको मेसिन परिचालनमा संलग्न मंगला कन्स्ट्रक्सन प्रालिका राजु पाण्डेले सडक अवरुद्ध भएकै दिनदेखि मेसिन प्रयोग गरेर खुलाउने प्रयास गरिएको जानकारी दिनुभयो । माथिबाट निरन्तर सुक्खा पहिरो झरिरहेकाले काम गर्न कठिन भएको उल्लेख गर्दै उहाँले सातौँ दिनमा पहिरो पन्छाउन सफल भएको बताउनुभयो।

बेनी नगरपालिका –४ र मंगला गाउँपालिका –४ को सिमानामा पर्ने फापरखेतको पहिरोका कारण बेनी हुँदै दरबाङ, ताकम, मुना, जलजला, बागलुङ तथा रुकुम पश्चिमतर्फ आवतजावत गर्ने यात्रु प्रभावित भएका थिए । सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दा, यात्रु तथा मालसामान ढुवानीमा समेत समस्या भएको थियो ।

दसैँको मुखमा सडक अवरुद्ध हुँदा टीका लगाउन आफन्तको घरतर्फ हिँडेका सर्वसाधारणले समेत सास्ती भोग्नुपरेको थियो । लामो समयसम्म सडक अवरुद्ध हुँदा आवतजावतमा कठिनाइ भोगिरहेका यात्रुलाई पहिरो खुलेसँगै राहत मिल्ने अपेक्षा गरिएको छ।

फापरखेतको पहिरो बेनी–दरबाङ सडकखण्डमा वर्षेनि समस्या निम्त्याउने जोखिमपूर्ण क्षेत्रमध्ये एक हो । माथिबाट पहिरो झर्नेक्रम नरोकिएकाले सडक खुलाइए पनि यात्रा गर्दा सावधानी अपनाउनुपर्ने अवस्था रहेको छ ।

शुक्रबार, कार्तिक ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ५.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ६.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.