• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • २. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ७. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • ८. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ९. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • १०. विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

एनपीएलमा साबिक विजेता लुम्बिनी लायन्सको विजयी सुरुआत, सुदूरपश्चिम ७ विकेटले पराजित

  •   सोमबार, कार्तिक ०९, २०८३ मा प्रकाशित

काठमाडौं । साबिक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विजयी सुरुआत गरेको छ। सोमबार सम्पन्न खेलमा लुम्बिनीले साबिक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो।

सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। जितसँगै लुम्बिनीले प्रतियोगितामा २ अंक जोडेको छ।

लुम्बिनीको जितमा डी आर्सी सर्टले सर्वाधिक ४० रन बनाए। उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै, आशिफ शेखले २५ बलमा २ चौका र २ छक्कासहित ३२ रनको योगदान दिए।

बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा अलआउट भएको थियो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। उनले १६ बलमा २ चौका प्रहार गरे। सैफ जैबले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

लुम्बिनीका किशोर महतोले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। उनले ४ ओभरमा २८ रन खर्चिए। शेर मल्लले ३ विकेट लिँदा शाड्ली भान शाल्कविक, रोहितकुमार पौडेल र तिलक भण्डारीले समान १ विकेट लिए।

यस जितसँगै लुम्बिनीले तेस्रो संस्करणको एनपीएलमा आफ्नो उपाधि रक्षा अभियान सुखद रूपमा सुरु गरेको छ।

सोमबार, कार्तिक ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राजु श्रेष्ठको निर्देशनमा नयाँ सिनेमा ‘नौ डाँडा काटेर’ निर्माण हुने
‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड
बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना
गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु
प्रधानमन्त्री शाहद्वारा एनपिएल तेस्रो संस्करणको उद्घाटन
आजदेखि सुरु हुँदै एनपीएल, साविक विजेता लुम्बिनीको पहिलो खेल सुदूरपश्चिमसँग

Namaste Chitwan

लोकप्रिय

  • १.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • २.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    एनपीएलमा साबिक विजेता लुम्बिनी लायन्सको विजयी सुरुआत, सुदूरपश्चिम ७ विकेटले पराजित

  • २.
    राजु श्रेष्ठको निर्देशनमा नयाँ सिनेमा ‘नौ डाँडा काटेर’ निर्माण हुने

  • ३.
    ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

  • ४.
    बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना

  • ५.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६.
    प्रधानमन्त्री शाहद्वारा एनपिएल तेस्रो संस्करणको उद्घाटन

  • ७.
    आजदेखि सुरु हुँदै एनपीएल, साविक विजेता लुम्बिनीको पहिलो खेल सुदूरपश्चिमसँग

  • ८.
    धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.