• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • २. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ७. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ८. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • ९. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • १०. विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

  •   सोमबार, कार्तिक ०९, २०८३ मा प्रकाशित

काठमाडौं । दसैँको अवसर पारेर नेपाली हलमा प्रदर्शनमा आएका तीन चलचित्रमध्ये ‘आ बाट आमा २’ बक्स अफिसमा सबैभन्दा अगाडि देखिएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार ‘छ माया छपक्कै २’ दोस्रो स्थानमा रहँदा ‘१२ गाउँ २’ तेस्रो स्थानमा छ।

दसैँको बिदालाई लक्षित गर्दै यसपटक दर्शकमाझ लोकप्रियता हासिल गरेका चलचित्रका सिक्वेलहरू प्रदर्शनमा आएका थिए। आइतबार राति ११ः५९ बजेसम्मको व्यापारलाई समेटेर बोर्डले सार्वजनिक गरेको विवरणअनुसार तीनवटै चलचित्रले फरक–फरक व्यापार गरेका छन्।

बक्स अफिस रिपोर्टअनुसार ‘आ बाट आमा २’ ले ४ करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। उक्त अवधिमा चलचित्रलाई १ लाख ३१ हजार ४९१ दर्शकले हेरेका छन्। चन्द्र पन्तको निर्माण तथा निर्देशन रहेको चलचित्रमा पल शाह, विपना थापा, आकाश श्रेष्ठ, प्रदीप रावत, मलिका महत, साइग्रेस पोखरेल, सविन श्रेष्ठ, रिश्ता गुरुङ, निकिता आचार्य, गजित विष्ट, दिलीप अखेडा र नरेन खड्कालगायत कलाकारको अभिनय रहेको छ।

त्यस्तै, दोस्रो स्थानमा रहेको ‘छ माया छपक्कै २’ ले २ करोड ७६ लाख ३९ हजार ५६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। चलचित्रलाई उक्त अवधिमा ८२ हजार ७५९ दर्शकले हेरेका छन्। आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रका निर्देशक दीपेन्द्र लामा हुन्। चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, कर्मा, रिहान गिरी, मेक्सम गौडेल, रमा थपलिया, प्रकाश घिमिरे र निर्मल शर्मालगायत कलाकारको अभिनय रहेको छ।

यता, अभिनेता तथा निर्देशक विराज भट्टको चलचित्र ‘१२ गाउँ २’ ले १ करोड ८३ लाख ९४ हजार ८८६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। चलचित्रलाई हालसम्म ५७ हजार ९८३ दर्शकले हेरेका छन्।

विराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रमा विराज भट्ट, समीर भट्ट, कृशु शाही, अनुपविक्रम शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल र कनिज कोइरालालगायत कलाकारको अभिनय रहेको छ। चलचित्रकी निर्माता सरस्वती भट्ट हुन्।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार दसैँमा प्रदर्शनमा आएका यी तीन चलचित्रमध्ये ‘आ बाट आमा २’ ले सर्वाधिक ग्रस कलेक्सन गर्दै अग्रता कायम गरेको छ।

सोमबार, कार्तिक ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा साबिक विजेता लुम्बिनी लायन्सको विजयी सुरुआत, सुदूरपश्चिम ७ विकेटले पराजित
राजु श्रेष्ठको निर्देशनमा नयाँ सिनेमा ‘नौ डाँडा काटेर’ निर्माण हुने
बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना
गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु
प्रधानमन्त्री शाहद्वारा एनपिएल तेस्रो संस्करणको उद्घाटन
आजदेखि सुरु हुँदै एनपीएल, साविक विजेता लुम्बिनीको पहिलो खेल सुदूरपश्चिमसँग

Namaste Chitwan

लोकप्रिय

  • १.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • २.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    एनपीएलमा साबिक विजेता लुम्बिनी लायन्सको विजयी सुरुआत, सुदूरपश्चिम ७ विकेटले पराजित

  • २.
    राजु श्रेष्ठको निर्देशनमा नयाँ सिनेमा ‘नौ डाँडा काटेर’ निर्माण हुने

  • ३.
    ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

  • ४.
    बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना

  • ५.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ६.
    प्रधानमन्त्री शाहद्वारा एनपिएल तेस्रो संस्करणको उद्घाटन

  • ७.
    आजदेखि सुरु हुँदै एनपीएल, साविक विजेता लुम्बिनीको पहिलो खेल सुदूरपश्चिमसँग

  • ८.
    धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.