काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। सोमबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन साबिक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो। पहिलो दिन एक खेल मात्र भएकोमा आज भने दुई खेल हुन लागेका हुन्।
आज दिउँसो साढे १२ बजे चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।
चितवन राइनोजविरुद्ध विराटनगर किङ्ग्स
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्ग्समा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद र सुजन थपलियालगायत खेलाडी छन्। विदेशी खेलाडीमा इमरान शेख, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, शुभम रन्जाने र चरिथ असलंकालगायत रहेका छन्।
यता, कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजको टोलीमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, रञ्जित कुमार, दीपक बोहरा, रवि बोपारा, सिकन्दर राजा र कलिम सानालगायत खेलाडी छन्। त्यस्तै, विवेक यादव, मौसम ढकाल, विपिन रावल, हसन अली, गौतम केसी, सलाहुद्दिन खान र उसामा मीर पनि टोलीमा समावेश छन्।
जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच साँझ प्रतिस्पर्धा
आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन्। हर्मित सिंहको कप्तानीमा रहेको जनकपुरको टोलीमा कुशल परेरा, ललित राजवंशी, मयन यादव, अनिल साह, विकास आग्री, आदित्य मेहता र तृतराज दासलगायत खेलाडी छन्।
त्यस्तै, अभिषेक तिवारी, विशाल पटेल, विशाल सुशलिङ, अमरसिंह रौतेला, रित गौतम, सन्तोष कार्की, जिमी नीशम, मोइन अली र इफ्तिकार अहमद पनि जनकपुरको टोलीमा छन्।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्समा डेभिड मिलर, नन्दन यादव, युवराज खत्री र पवन सर्राफलगायत खेलाडी छन्। यसका साथै विपिनप्रसाद शर्मा, दीपक डुम्रे, युनिश सिंह ठकुरी, शुभ कंसाकार, दीपेन्द्र रावत, सूर्य तामाङ, सचिन शर्मा र दिवान पुन पनि टोलीमा समावेश छन्।
सोमबारदेखि सुरु भएको एनपीएलको फाइनल खेल मङ्सिर ५ गते हुनेछ। आजका दुवै खेलले प्रतियोगिताको सुरुआती प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।


