• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  •   बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित

काठमाडौँ, कात्तिक १९ गते । अमेरिकाको मध्यावधि निर्वाचनमा प्रमुख विपक्षी डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदनमा बहुमत हासिल गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको सत्तारूढ रिपब्लिकन पार्टीले दुवै सदनमा बहुमत गुमाएको छ । यस परिणामसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालका लागि रिपब्लिकन पार्टीको एकल वर्चस्व अन्त्य भएको अमेरिकी निजी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । अमेरिकामा मङ्गलबार मध्यावधि निर्वाचन भएको हो ।

निर्वाचनको यो परिणामले राष्ट्रपति ट्रम्पले बाँकी दुई वर्षको कार्यकाल डेमोक्रेटिक पार्टीसँग मिलेर काम गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । चरम महँगीले जीवनयापनको बढ्दो लागत, भन्सार शुल्क र इरानसँगको युद्धप्रति मतदाताको असन्तुष्टि निर्वाचन परिणाममा प्रतिविम्बित भएको छ । ८० वर्षीय राष्ट्रपति ट्रम्पले निर्वाचन परिणाम स्वीकार गर्ने बताउँदै डेमोक्रेटहरूले राम्रो चुनावी अभियान सञ्चालन गरेको प्रशंसा गर्नुभएको छ तर उहाँले रिपब्लिकनहरूको हारलाई आफ्नो व्यक्तिगत पराजय मान्न अस्वीकार गर्नुभएको छ ।

डेमोक्रेटहरूले मेन, टेक्सास, कन्सास, आयोवा, दक्षिण क्यारोलिना, उत्तर क्यारोलिनालगायत राज्यमा सफलता हासिल गरेका छन् । मेनमा ट्रोय ज्याक्सनले रिपब्लिकन सिनेटर सुसान कोलिन्सलाई पराजित गर्नुभएको छ भने जर्जियामा केइसा लान्स बटम्स अमेरिकी इतिहासकै पहिलो अश्वेत महिला गभर्नर निर्वाचित हुनुभएको छ । दुवै सदनमा बहुमत पाएपछि डेमोक्रेटहरूले इरान युद्ध, आप्रवासन नीति र भ्रष्टाचारका आरोपमाथि अनुसन्धान गर्न तथा ट्रम्पका विधेयक र सरकारी नियुक्तिलाई चुनौती दिने सम्भावना बढेको छ । राष्ट्रपति ट्रम्पले डेमोक्रेटहरूले पारित गरेका विधेयकमा राष्ट्रपतीय भिटो प्रयोग गर्ने चेतावनी भने दिनुभएको छ । यसले आगामी दुई वर्ष अमेरिकामा राष्ट्रपति र संसद्बिचको राजनीति पेचिलो बन्ने सम्भावना बढेको छ । यद्यपि द न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले निर्वाचनको परिणाम स्विकार्न आफू पूर्ण रूपमा तयार रहेको बताउँदै डेमोक्रेटहरूसँग सहकार्य गरेर केही काम गर्न सकिने उल्लेख गर्नुभएको छ ।

हारको कारण युद्ध र महँगी

राष्ट्रपति ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयमा इरान युद्धले भूमिका निर्वाह गरेको स्वीकार गर्दै विपक्षी डेमोक्रेटिक पार्टीलाई बधाई दिनुभएको छ । इरान युद्ध र बढ्दो तेलको मूल्य मतदातामाझ अलोकप्रिय बनेको स्वीकार गर्दै उहाँले युद्ध निर्वाचन परिणाम प्रभावित पार्ने एउटा कारण भएको बताउनुभयो । यद्यपि इरानप्रति आफूले अपनाएको नीतिको महत्व मतदाताले बुझेको उहाँको दाबी थियो । राष्ट्रपति ट्रम्पले  टेक्सासका गभर्नर ग्रेग एबटको आलोचना गर्दै उहाँ नाम मात्रका रिपब्लिकन भएकाले पराजित भएको टिप्पणी गर्नुभयो । अमेरिकी समाचार संस्था एपीका अनुसार तल्लो सदनको ४३५ सिटमध्ये बहुमतका लागि आवश्यक २१८ सिट पार गर्दै डेमोक्रेटिक पार्टीले २३१ सिट जितेको छ भने रिपब्लिकनले १३९ सिट प्राप्त गरेको छ । एनबिसी न्युजको विश्लेषण अनुसार डेमोक्रेटिक पार्टीले अन्तिम नतिजा आउँदा कम्तीमा २५२ सिट पु¥याउने अनुमान छ । माथिल्लो सदनका कुल १०० सिटमध्ये ३५ सिटका लागि मतदान भएकोमा डेमोक्रेटिक पार्टीले कुल ५४ सिट र रिपब्लिकन पार्टीले ४४ सिट जितेका छन् । डेमोक्रेटिक पार्टीले रिपब्लिकन पार्टीको गढ मानिएका राज्यहरू–टेक्सास, ओहायो, कान्सास, आयोवा, मेन, उत्तर क्यारोलिना र दक्षिण क्यारोलिनामा जित निकाल्दै सिनेटमा ५४ सिटसहित पूर्ण बहुमत सुनिश्चित गरेको छ ।

गभर्नरमा ऐतिहासिक नतिजा

विभिन्न राज्यका गभर्नर पदमा पनि डेमोक्रेटिक पार्टीले महत्वपूर्ण जित हासिल गरेको छ । टेक्सासमा डेमोक्रेट गिना हिनोजोसाले तीन कार्यकालदेखि गभर्नर रहेका रिपब्लिकन ग्रेग एबोटलाई पराजित गर्दै सन् १९९० यता पहिलो पटक सो राज्यमा गभर्नर बन्न सफल हुनुभएको छ । डेमोक्रेटिक पार्टीबाट किसा लान्स बटम्स जर्जियाको इतिहासमै पहिलो अश्वेत महिला गभर्नर निर्वाचित हुनुभएको छ । डा. एमी एक्टनले रिपब्लिकन उम्मेदवार विवेक रामास्वामीविरुद्धको प्रतिस्पर्धा जित्दै ओहायोको पहिलो महिला गभर्नर बनेर इतिहास रच्नुभएको छ ।

चुनावी परिणामप्रति अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो पार्टीको ठुलो जित अमेरिकीहरू परिवर्तन चाहन्छन् भन्ने प्रमाण भएको बताउनुभयो । इरानी संसद्का सभामुख तथा मुख्य वार्ताकार मोहम्मद बागेर गालिबाफले अमेरिकी जनताले मतमार्फत युद्धलाई अस्वीकार गरेको दाबी गर्नुभयो । अमेरिकामा हाउस अफ रिप्रिजेन्टेटिभ अर्थात् प्रतिनिधि सभाका सदस्यको कार्यकाल दुई वर्ष, राष्ट्रपतिको चार वर्ष र सिनेटका सदस्यको छ वर्ष हुन्छ ।

प्रत्येक दुई वर्षमा प्रतिनिधि सभाका सबै सदस्यका लागि निर्वाचन हुन्छ । त्यही बेला सिनेटका करिब एक तिहाइ सदस्यको कार्यकाल सकिने भएकाले ती पदका लागि पनि सम्बन्धित राज्यमा निर्वाचन हुन्छ । राष्ट्रपतिको चारबर्से कार्यकालको बिचमा अर्थात् राष्ट्रपति निर्वाचित भएको दुई वर्षपछि हुने यो निर्वाचनलाई मध्यावधि निर्वाचन भनिन्छ । अमेरिकामा संसद्को बहुमत गुमाउँदैमा सरकार ढल्दैन । राष्ट्रपतिको कार्यकाल छुट्टै हुन्छ । त्यसैले यो निर्वाचनले ट्रम्पको नियमित कार्यकाल छोट्याउँदैन । उहाँ सन् २०२९ को जनवरीसम्मका लागि निर्वाचित हुनुभएको हो । सन् २०२८ को नोभेम्बरमा मात्र राष्ट्रपतिको निर्वाचन हुने छ ।

बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने
‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.