• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ५. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ६. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ७. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  •   बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित

काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री प्रिन्सी खतिवडाको प्रेमकथामा आधारित चलचित्र ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक भएको छ। भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलरले पुरानो समयको प्रेम, पारिवारिक सम्बन्ध र सामाजिक परिवेशलाई पर्दामा उतारेको संकेत गरेको छ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा अनमोल र प्रिन्सीको प्रेम सम्बन्धलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ। ३०–४० को दशकको ग्रामीण परिवेशमा निर्माण गरिएको चलचित्रमा अनमोल काजीको भूमिकामा देखिएका छन्। गाउँमा पढाउने काम गर्ने काजीको जीवनमा प्रिन्सीको प्रवेशसँगै प्रेमकथा अघि बढ्छ।

एकअर्कालाई मन पराउने उनीहरूको सम्बन्धमा भने परिवारको असहमति बाधक बनेको छ। विशेषगरी अनमोलको परिवार उनीहरूको प्रेम सम्बन्ध स्वीकार गर्न तयार देखिँदैन। प्रेम र पारिवारिक सम्बन्धबीचको द्वन्द्वलाई ट्रेलरमा प्रस्तुत गरिएको छ। परिवारको अवरोध पार गर्दै उनीहरूको प्रेमले सुखद मोड लिन्छ कि लिँदैन भन्ने जिज्ञासा दर्शकमा छाड्दै ट्रेलर सकिन्छ।

चलचित्रको अर्को आकर्षण अनमोल र प्रिन्सीको फरक गेटअप पनि हो। ट्रेलरमा भुवन केसी र गरिमा पन्तको युवावस्थाको भूमिकामा अनमोल र प्रिन्सीलाई प्रस्तुत गरिएको छ। बुबाको भूमिकामा देखिन अनमोलले जुँगा राखेका छन्। यसले चलचित्रमा उनको अभिनय यात्राको फरक पक्ष देखाउने संकेत गरेको छ।

ग्रामीण परिवेश, पुरानो समयको रहनसहन र प्रेम सम्बन्धलाई समेटेको ट्रेलरले चलचित्रलाई आधुनिक प्रेमकथाभन्दा फरक स्वादमा प्रस्तुत गरेको छ। विशेषगरी विगतको पुस्ताले भोगेको समय र प्रेमको अनुभूतिलाई चलचित्रले पर्दामा उतार्ने प्रयास गरेको देखिन्छ।

भुवन केसीको निर्देशनमा बनेको चलचित्रमा अनमोल केसी र प्रिन्सी खतिवडासँगै न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, लक्ष्मीनाथ तिमिल्सिना, अमितेश शाह, शिशिर सिवाकोटी, हिना नगरकोटी र संगी अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ।

सामिप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको चलचित्रका निर्माता जीया केसी र भविष्य खड्का हुन्। कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रले प्रेमकथामा रुचि राख्ने दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने
‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ

  • ५.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

  • ६.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.