काठमाडौं । चलचित्र ‘सारथी’को गीत ‘मयाली’ सार्वजनिक भएको छ । निर्माण टिमले म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो ।
प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर रहेको गीतमा प्रशान्तकै शब्द तथा संगीत छ । प्रेमकथामा आधारित गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जोशीको रोमान्टिक नृत्य देख्न सकिन्छ । गीतको भिडियो कविराज गहतराजले निर्देशन गरेका हुन् भने गोपाल रायाले छायांकन गरेका छन् ।
गीतमा बाँसुरी रत्न बिक, सारंगी मनीष गन्धर्व, मादल पोषण मगर र गितार पुरस्कार खड्काले बजाएका छन् । विशम आचार्यले संगीत उत्पादन गरेको गीतको मिक्सिङ तथा मास्टरिङ समिक (साउन्ड को, मुम्बई) ले गरेका हुन् ।
कुमार गजुरेलको निर्देशनमा बनेको चलचित्र आगामी मंसिर ११ गते प्रदर्शनमा आउनेछ । चलचित्रको कथा, पटकथा तथा संवाद पनि निर्देशक गजुरेल स्वयंले तयार पारेका हुन् ।
चलचित्रमा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय रहेको छ ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो । चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् ।
रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् । अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह-निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर रहेका छन् ।
संकल्प भुजेलको छायांकन रहेको चलचित्रमा तारा थापा ‘किम्भे’को सम्पादन, राजु खतिवडाको मुख्य सहायक निर्देशन तथा यमुना आचार्य र आशिष श्रेष्ठको सहायक निर्देशन रहेको छ ।
बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।


