• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने

  •   आइतबार, असार १९, २०७९ मा प्रकाशित

असार १९ , काठमाडौँ । अब सहरी क्षेत्र वा राजमार्ग आसपासका क्षेत्रमा दृश्यमा दिग्भ्रमित गराउने र सवारी दुर्घटना गराउने होर्डिङ बोर्ड, पर्चा, पम्प्लेट, पोष्टर राख्न नपाइने भएको छ । विज्ञापन बोर्डले आज सार्वजनिक गरेको विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसहिंतामा रातको समयमा अत्याधिक चम्किलो प्रकाश दिने वा सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने उल्लेख छ ।

सडक तथा सडक पेटीका खम्बा, पुल, आकाशे पुल, सडक किनारका रुख बिरुवा वा सडकको सौन्दर्यमा खलल पार्ने गरी विज्ञापन सामग्री राख्न नहुने उल्लेख छ । विज्ञापन व्यवसायमा संलग्न व्यक्तिले विदेशी विज्ञापनलाई नेपाली भाषामा डबिङ गरी प्रसारण गर्न नहुने आचारसहिंतामा उल्लेख छ । विज्ञापनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न अन्य कुनै पनि व्यक्तिले विज्ञापन गर्दा वा गराउँदा लैङ्गिक समानता कायम गर्न र सामाजिक विभेद् अन्त्य गर्न आचरणपालना गर्नुपर्ने उल्लेख छ । विज्ञापनमा महिलालाई यौन, भोग्य वस्तु, विलासिता वा मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्न नहुने उल्लेख छ । संवेदनशील अङ्ग प्रदर्शन गर्ने, महिलालाई पुरुषका तुलनामा कमजोर पात्रका रुपमा पस्तुत गर्ने विज्ञापन उत्पादन र प्रकाशन वा प्रशारण गर्न नहुने उल्लेख छ ।

विज्ञापनमा दलित, आदीवासी, जनजाती, मधेसी, मुस्लिम, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत वर्ग, यौनिक अल्पङ्ख्यक वा कुनै वर्ग क्षेत्र सम्प्रदाय वा समुदायको मर्यादामा आँच आउने गरी सामग्री बनाउन नहुने उल्लेख छ । बालबालिकामा डर, त्रास, भय उत्पन्न गर्ने कार्यक्रम, विद्युतीय खेल वा चलचित्रको विज्ञापन गर्न नहुने र उनीहरुलाई होच्याउने र आत्मसम्मानमा चोट पु¥याउने विज्ञापन उत्पादन र प्रशारण गर्न नहुने आचारसहिंतामा उल्लेख छ ।

विज्ञापन व्यवसायमा संलग्न व्यक्तिले कुनै खास एउटै औषधिबाट सम्पूर्ण रोग निवारण हुने वा उपचार हुने, त्यसको ग्यारेन्टी हुने भनी औषधि विज्ञानले प्रमाणित नगरेका झुटा, अवैज्ञानिक विवरणयुक्त विज्ञापन उत्पादन र प्रसारण गर्न नहुने उल्लेख छ । मानव अङ्ग बढाउने, उचाइ बढाउने वा शरीरको तौल घटाउने वा बढाउने भनी प्रमाणित नभएका विषयमा पनि विज्ञापनमा रोक लगाइएको छ ।

विभिन्न रङ्ग र कृत्रिम स्वादमा उत्पादित पेय पदार्थबाट हुने हानीको सम्बन्धमा सचेतनामूलक सन्देश समावेश नगरी विज्ञापन दिन नहुने आचारसहिंतामा उल्लेख छ । खाद्य तथा पोषणविद्को सिफारिसबिना खाद्यपुरक वस्तु (माइक्रो न्यूट्रियन्ट) तथा शक्तिबद्र्धक भनी कुनै पनि वस्तुको प्रयोग गर्न उक्साउने, लोभ्याउने खालका विज्ञापन गर्न नहुने उल्लेख छ ।

सहरी तथा स्थानीय सौन्दर्यमा प्रतिकूल असर पार्ने, च्यातिएका, खुइलिइएका वा होर्डिङ बोर्ड वा परीचयपाटी सम्बन्धित व्यक्तिले यथाशीघ्र हटाउनु वा त्यसमा सुधार गर्नुपर्ने उल्लेख छ । सडक पेटीबाट आवातजावतमा असर पुग्ने गरी होर्डिङ बोर्ड राख्न नहुने र धार्मिक, पुरातात्विक स्थानमा त्यहाँको मौलिकता ढाक्ने गरी राख्न नहुने उल्लेख छ । अनुमति दिएका स्थानमा निर्धारित आकार प्रकार र गुणस्तरको मात्रै विज्ञापन राख्न पाइने व्यवस्था रहेको छ ।

सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले विगतमा विज्ञापनले महिलालाई होच्याउने गरेकामा अहिले मिडिया केही संवेदनशील बन्न थालेको उल्लेख गर्नुभयो । आचारसहिंता पूर्ण रुपमा कार्यान्वयनमा आउँदा यी कुरामा अझै कमी आउने उहाँको विश्वास छ । उहाँले भन्नुभयो, “आचारसहिंता आउनु आफैँमा सकारात्मक कुरा हो तर राम्रोसँग कार्यान्वन हुन पनि जरुरी छ ।”

अग्रज पत्रकार बबिता बस्नेतले विज्ञापनका कारण सबै उमेर र वर्गमा गहिरो छाप बस्ने बताउनुभयो । विज्ञापनले महिलाका शरीर नभएर मस्तिक देखाउनुपर्नेमा उहाँको जोड छ । बोर्डका अध्यक्ष लक्ष्मण हुमागार्इँले आचारसहिंतामा विज्ञापन बोर्डमा सूचीकृत सञ्चारमाध्यम र विज्ञापन एजेन्सीले मात्र विज्ञापनजको कारोबार गर्न पाउने उल्लेख भएको बताउनुभयो । सञ्चारमाध्यमले आफ्नो दररेट सार्वजनिक गर्नुपर्ने, विज्ञापन एजेन्सीले सोही आधारमा र बिल समावेश गरेर कारोबार गर्नुपर्ने उहाँले बताउनुभयो ।

आचारसहिंताको बोर्डले नियमित अनुगमन गर्ने र अनुगमनका लागि छुट्टै समिति बनाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आचारसहिंता कार्यान्वयनमा देखिएका समस्या समाधान तथा बोर्डलाई सुझाव दिन परामर्श समिति रहनेछ ।” आजबाट लागू भएको सो आचारसहिंतामा १३ परिच्छेद रहेका छन् । नेपालमा पहिलो पटक विज्ञापनसम्बन्धी आचारसहिंता लागू गरिएको हो । विगतमा मिडियासम्बन्धी अरु कानुन वा आचारसहिंतामा मात्रै विज्ञापनका थोरै विषय समेटिएको थियो ।

आइतबार, असार १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • २.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ३.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ४.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ७.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ८.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.