भाद्र ११ ,काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकका कागजपत्र नियन्त्रणमा लिएको छ।
त्रिविका नेविसंघका नेता श्यामराज ओझाका अनुसार कार्यालयमा बैठक नगरेर जनलस्थित एल्लोप्यागोडा होटलमा बैठक गरेकोले शुक्रबार जारी बैठकबाट कागजातहरु नियन्त्रणमा लिएको हो ।बैठकमा उपकुलपति, रजिष्ट्रार, रेक्टर, डिनहरूलगायत कार्यकारी परिषदका सदस्यहरू थिए।
‘कार्यकारी परिषदको बैठक गर्न त्रिविमै पर्याप्त संरचना रहेकाले होटलका कार्यक्रम गरिएपछि कागजाता नियन्त्रणमा लिएको उनको भनाई छ ।
त्रिवि पदाधिकारी शिक्षक तथा कर्मचारीको नयाँ तलबमान निर्धारण गर्ने, नेपाल कमर्श क्याम्पस मीनभवन पूँजीगत शीर्ष बजेट विनियोजन गर्ने सम्बन्धमा लगायत ७ एजेन्डामाथि छलफल गर्न कार्यकारी परिषदको बैठक बसेको थियो।
नेविसंघले कागजात नियन्त्रणमा लिएकोबारे जिज्ञासा राख्दा रजिष्ट्रार पेशल दाहालले आफू व्यस्त रहेको बताए। नेविसंघले त्रिविका विभिन्न निकायमा गत असारदेखि नै तालाबन्दी गरेको छ।


