मंसिर ९ ,काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा एमालेले १२ लाख मत कटाएको छ । बलियो अग्रता कायम राखेको एमालेले कांग्रेसलाई ६४ हजार ५८१ मतले पछि पारेको छ ।
निर्वाचन आयोगले दिएको पछिल्लो परिणामअनुसार एमालेले १२ लाख सात हजार ८८८ मत प्राप्त गरेको छ । उसलाई पछ्याइरहेको कांग्रेसले ११ लाख ४३ हजार ३०७ मत ल्याएको छ ।
तेस्रो स्थानमा रहँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले ५६ हजार तीन सय ८४ मत पाएको छ । चौथो स्थानमा रहेको माओवादीले पाँच लाख २१ हजार ७८ मत पाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटक राष्ट्रिय दल बन्ने बलियो सम्भावना देखाएको छ । उसले दुई लाख ९५ हजार ८५० मत पाइसकेको छ ।एकीकृत समाजवादी भने ९२ हजार २६ मत ल्याएको छ ।
तपाईको प्रतिक्रिया


