मंसिर १० ,काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाख १८ हजार मत प्राप्त गरेको छ । निर्वाचन आयोगले हालसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार नेपाली कांग्रेसले १६ लाख ४९ हजार मत प्राप्त गरेको छ ।
घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ५० हजार मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म सात लाख २९ हजार मत प्राप्त गरेको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन लाख ८३ हजार, जनता समाजवादी पार्टी (जसपा) ले दुई लाख ६० हजार, नेकपा (एकीकृत समाजवादी) ले एक लाख ५० हजार र नागरिक उन्मुक्ति पार्टीले एक लाख लाख ३६ हजार मत प्राप्त गरेका छन् ।
तपाईको प्रतिक्रिया


