पुस ३ ,चितवन । चितवनको भरतपुर महानगरपालिका २८ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।गएराति आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारको क्रममा गएराति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । उनको शव भरतपुर अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।
सोही हात्तीले स्थानीय भरत गौतमको धानको गोदाममा क्षति पुर्याएको स्थानीयले बताएका छन् । वृद्धामाथि आक्रमण गर्ने र धानको गोदाममा क्षति पुर्याउने हात्ती ध्रुवे नै भएको स्थानीय बताउँछन् ।ध्रुवे हात्तीले केही वर्षदेखि उद्दण्ड मच्चाउँदै आएको छ ।
तपाईको प्रतिक्रिया


