पुस ३ , काठमाडौं। नेकपा माओवादी केन्द्रले आगामी सरकार गठनबारे छलफल सुरु गरेको छ ।माओवादी केन्द्रको आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सरकार गठनबारे अनौपचारिक छलफल सुरु गरेको हो । अर्थमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीमा अनौपचारिक छलफल भए पनि संसदीय दलको नेता चयन भएपछि मात्रै सरकार गठनबारे छलफल हुने जानकारी दिनुभयो ।
शर्माले दलको नेता चयन भएपछि सरकारमा सहभागिता, संसदको नेतृत्व, राष्ट्रपति, प्रदेश सरकारलगायतका विषयमा गठबन्धनमा छलफल हुने बताउनुभयो ।माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने अवसर पाए अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुने उहाँको भनाइ छ ।
तपाईको प्रतिक्रिया


