• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ८. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

थप लगानी बढाउन चिनियाँ लगानीकर्तालाई उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

  •   शनिबार, असार १६, २०८० मा प्रकाशित

असार १६ , चीन। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले विविध क्षेत्रमा लगानी वृद्धि चिनियाँ लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

चीनको सिचुवान प्रान्तको छेन्दुमा सिचुवान प्रादेशिक लगानी समूहसँगको भेटमा उहाँले वैदेशिक लगानीलाई प्रोत्साहित गर्न नीतिगत र प्रक्रियागत सुधार गरिएको बताउनुभयो ।

नेपालमा विभिन्न क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले निर्धक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । “नेपालमा ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधिका क्षेत्रमा लगानी गर्ने प्रशस्त सम्भावना छ ।

हामीले वैदेशक लागनीका लागि उपयुक्त वातावरण बनाउँदै गइरहेका छौँ, वैदेशक लागनीलाई प्रवर्द्धन तथा लगानीको सुरक्षा गर्न सकियोस् भनेर कानुन, नियममा पर्याप्त सुधार गरेका छौँ”, उहाँले भन्नुभयो ।

वैदेशिक लगानीलाई भित्र्याउन सकारात्मक वातावरण बनाउँदै लगिरहेको उहाँको भनाइ छ । लगानीकर्तालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कानुनी सुधार गरिएको जनाउँदै उहाँले स्वदेशी र विदेशी लगानीकर्तालाई कुनै भेदभाव नहुने व्यवस्था मिलाइएको बताउनुभयो ।

“हामीले २०१९ मा प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन पारित गरेको छौँ । जसले लगानीको नाफा आफ्नो देशमा लैजानका निम्ति सुनिश्चित गरेको छ । कुनै पनि लगानीकर्तामाथि भेदभाव नगर्ने कुराको सुनिश्चितता गरेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “सबै सेवा एकलबिन्दुबाट लिन सकिने व्यवस्था मिलाइएको छ । सार्वजनिक निजी साझेदारी लगानी ऐन पनि लागू गरिसकेको छौँ । यसले वैदेशिक लगानीका ठूला परियोजनालाई अगाडि बढाउन सहयोग पुग्नेछ ।”

उहाँले सिचुवान प्रान्तस्तरीय लगानी समूहले नेपालमा गरेको लगानीका लागि धन्यवाद दिनुभयो । सो समूहले नेपालमा मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । “अरु लगानी जसरी भए पनि ल्याउनुस्, लगानी भित्रयाउन हामीले जे गर्नुपर्छ हामी गर्छौँ, ढुक्क भएर विभिन्न क्षेत्रमा लगानीको तयारी गर्नुहोस्, यो मेरो विशेष अनुरोध हो”, उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले कर प्रणाली र श्रम कानुन पनि लगानीमैत्री बनाइएको बताउनभयो । उत्पादनमा आधारित उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष आर्थिक क्षेत्रहरु निर्माण गरिएको जानकारी दिँदै उहाँले भारत र चीनको सीमा क्षेत्रमा सुख्खा बन्दरगाहा बनाइएको उल्लेख गर्नुभयो ।

कुनै समस्या भए लगानीकर्ताका सुझावका आधारमा समाधान गर्न सरकार तयार रहेको जनाउँदै उहाँले लगानीमैत्री वातावरण बनाउनका निम्ति सरकार क्रियाशील रहेको बताउनुभयो । “लगानीको प्रक्रियालाई सहज बनाउन आवश्यक सुधारका लागि सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो । “विभिन्न क्षेत्रको वैदेशिक लगानीलाई प्रोत्साहित गर्ने र लगानीलाई सुरक्षित गर्ने पक्षमा छौँ ।”

आर्थिक विकास नेपालको प्रमुख एजेण्डा रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि प्रत्यक्ष वैदेशक लगानीलाई प्रोत्साहित गर्नुपर्नेमा नेपाल दृढ रहेको बताउनुभयो । लगानीकर्तालाई प्रोत्साहित गर्नका लागि नीतिगत सुधार गरिएको उल्लेख गर्दै उहाँले लगानीका लागि अन्य सुधार गर्नुपर्ने विषय भए निर्धक्कसँग भन्न आग्रह गर्नुभयो ।

चीनले नेपालको विकास प्रक्रियामा धेरै नै सहयोग गर्दै आइरहेको जनाउँदै उहाँले आर्थिक सहकार्यका विविध क्षेत्रबारे दुई मुलुकबीच छलफल भइरहेको बताउनुभयो । नेपालका लागि चीन ठूलो वैदेशक लगानीको स्रोतका रुपमा रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा नेपालमा थप लगानी बढाउन आग्रह गर्नुभयो ।

 

शनिबार, असार १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.