• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • २. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ३. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ७. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ८. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ९. विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनको मुद्दा प्रमुख रूपमा उठाउँछौँ : प्रधानमन्त्री

  •   शुक्रबार, भदौ १५, २०८० मा प्रकाशित

भाद्र १५ , पोखरा । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले अमेरिका भ्रमणको क्रममा संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा उठाउने बताउनुभएको छ।

शुक्रबार दिउँसो पोखरामा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन नेपालको मात्रै नभएर सिङ्गो विश्वको मुद्दा भएको बताउनुभएको हो।

सभामा प्रधानमन्त्रीले भन्नुभयो, “केही दिनपछि म संयुक्त राष्ट्रसंघको महासभामा जाँदैछु। यसपटक मैले जलवायु परिवर्तन र त्यसले नेपाल लगायत तेस्रो विश्वले भोग्नुपरेका समस्याबारे गम्भीर रूपले कुरा उठाउँछु। आज जलवायु परिवर्तन र विश्व तापमान वृद्धिले सिङ्गो मानव जातिको भविष्यमा नै चुनौती खडा भएको छ। यसबारे गम्भीर रूपले बहस गरेर साझा समाधान खोज्ने बेला आएको छ।”

समाजवादी मोर्चाबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “मोर्चा कुनै आवेगमा बनाइएको होइन। सानो उद्देश्य लिएर बनाइएको पनि होइन। निर्वाचनको उद्देश्यमा आधारित भएर मात्रै पनि मोर्चा बनाइएको होइन। यो मोर्चा समाजवादका निम्ति, नयाँ अभियान र नयाँ संस्कृतिका निम्ति हो ।”

“यहाँ धेरैजसो जनयुद्धका सहयोद्धा यहाँ छौँ। विप्लवजी, उपेन्द्रजी पनि हिजो सँगै हुनुहुन्थ्यो। माधवजी पनि एउटै पार्टीमा काम गर्नुभयो। मलाई खुसी छू प्रधानमन्त्रीले भन्नुभयो, “सबै कम्युनिस्ट क्रान्तिकारीहरू, समाजवादीहरू, लोकतान्त्रिक शक्तिको मोर्चा बनाउने र प्रकारान्तरमा एउटै कम्युनिस्ट पार्टी बनाउने सङ्कल्पसहित यो मोर्चा बनाएका हौँ।”

“विभाजित सबै कम्युनिस्टहरू एकताबद्ध हुनुपर्छ। त्यसका लागि समाजवादी मोर्चा पहिलो कदम हो। हाम्रा विवादहरू समाधानको बाटोमा छन्, हामी छिट्टै निष्कर्षमा पुग्छौ” प्रधानमन्त्रीले भन्नुभयो।

“क्रान्तिको आफ्नो वस्तुगत नियम छ। यो मानिसको इच्छाहरू अनुसार चल्दैन। यो क्रान्ति र प्रतिक्रान्तिको नियमअनुसार अगाडि जान्छ। हामी पनि त्यही प्रक्रियाभित्र छौूँ उहाँले भन्नुभयो,”जनयुद्ध र जनआन्दोलनदेखि संविधान सभासम्मको वाद थियो। त्यसपछि हामी विवादमा गयौँ, त्यसले हामीलाई विभाजित गर्‍यो। अब हामी संवादको प्रक्रियामा छौँ। विवादले अन्यौल र आशंका जन्मायो, त्यो व्यक्तिगत विषय थिएन। संघर्षको चरण सकिएपछि त्यो नयाँ आधारमा नयाँ एकतातिर जान्छ। यो पूरानो एकता होइन नयाँ आधारमा नयाँ एकता हुनेछ। यो समाजवादी क्रान्तिका निम्ति एकता हो।”

“सरकारको मोर्चाबाट हामीले सकेसम्म जनमुखी काम गरिरहेका छौँ। यहाँ परिवर्तन रक्षा गर्ने कि ध्वस्त पार्ने भन्ने बहस छ। संसद र लोकतन्त्र कमजोर पार्ने षड्यन्त्र चिरेर यहाँ आएका छौँ। चार दलको यो मोर्चा थप बिस्तारित हुँदै जानेछ। अन्य वामपन्थी, लोकतान्त्रिक र समाजवादी शक्ति एकताबद्ध हुँदै जानेछन्। यो विशाल शक्ति बन्दै जानेछ” प्रधानमन्त्रीले भन्नुभयो।

“यो सरकार सुझबुझपूर्ण ढंगले गठन भएको हो। हामीले नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा काम गरिरहेका छौँ। राजनीतिक मोर्चामा हामी सफल अवतरण गरिरहेका छौँ। गठबन्धनभित्र राम्रो एकता पैदा भएको छ” प्रधानमन्त्रीले भन्नुभयो,”सरकार बेथितिका विरूद्ध लडिरहेको छ। यी काम सामान्य छैनन्। जनताको हैरानी परिसानी सम्बोधन गर्नेगरि यो अभियान सुरू गरेको थिएँ। म प्रधानमन्त्री बन्दै गर्दा देश श्रीलंका बन्छ भन्ने आतंक थियोे। अहिले त्यस्तो परिस्थिति छैन। वित्तीय नीति र मौद्रिक नीतिबीच एकरूपता कायम गरिएको छ। निजी क्षेत्रलाई विश्वास लिएर काम अगाडि बढेको छ। रेमिटान्स बढेको छ, राजश्व बढेको छ, पर्यटक आगमनमा वृद्धि छ। तर, अर्थतन्त्रको दवाव पूरै हटिसकेको छैन। यसका लागि सरकारले दृढतापूर्वक काम गर्दैछ।”

“विदेशमा जाने युवाका निम्ति सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरिएको छ। अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षामा समावेश गरिएको छ। यसले सामाजिक कल्याणको माध्यमबाट यसले समाजवादको आधार तयार पार्छू प्रधानमन्त्रीले भन्नुभयो, “यो भ्रष्टाचारविरोधी अभियान मात्रै होइन। राष्ट्रिय गौरवका आयोजनालाई गति दिने प्रयास गरिएको छ। देशमा राम्रो वातावरण बन्दै गएको छ।”

“भ्रष्टाचारका कारण देश थिलोथिलो भएको छ। राज्य नै संस्थागत भ्रष्टाचारमा संलग्न हुने परिस्थिति गम्भीर छ। त्यसलाई तोड्न नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणमा सरकार कठोर रूपमा प्रस्तुत भएको छ। ललिता निवास सरकारी जग्गामाथि संस्थागत तस्करी अन्त्य गर्ने कुरा छ। सुन तस्करीहरूको भयानक जालो तोड्ने कुरा छ।” प्रधानमन्त्रीले भन्नुभयो, “मिटरब्याज पीडित गरिब किसानहरूको पक्षमा प्रहार गर्‍यौँ, ऐन बनायौँ, आयोग बनायौँ। जनयुद्ध दिवस, सहिद घोषणा गर्‍यौं। देश र जनताको पक्षमा लिइएका पहलहरू सामान्य प्रकृतिका छैनन्, दूरगामी महत्त्वका छन्।”

“अर्थतन्त्रमा गति ल्याउन महत्त्वपूर्ण काम भएका छन्। १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएको छ। यसले लगानीको राम्रो वातावरण बनेको छ। सीमा समस्या समाधानका लागि महत्त्वपूर्ण काम भएको छ। पञ्चेश्वर परियोजना अगाडि बढेको छ। पञ्चेश्वरले नेपालको अर्थतन्त्रमा सकारात्मक योगदान गर्नेछ। बंगलादेशसँग विद्युत व्यापारको सम्झौता भएको छ। १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी परियोजना अगाडि बढाइँदैछ” प्रधानमन्त्रीले भन्नुभयो।

“विरोधीले सरकारले राम्रो गर्‍यो भन्दैनन्, उनीहरूले त खत्तम पारे भन्छन्। सरकारका राम्रा काम जनतामा लैजाने हामीले नै हो” प्रधानमन्त्रीले भन्नुभयो।

प्रधानमन्त्रीले भन्नुभयो, “जलवायु परिवर्तनको मुद्दामा संयुक्त राष्ट्रसंघको महासभामा मैले दृढतापूर्वक कुरा राख्छु। शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे पनि गम्भीर कुराकानी हुन्छ। लगत्तै चीन भ्रमण हुँदैछ। चीनसँग भौतिक पूर्वाधार सम्बन्धि काम अगाडि बढाउनेछौँ। हिल्सा र कोरला नाका सञ्चालनमा ल्याउने पहल हुन्छ। चीनसँग पनि विद्युत व्यापार सम्झौता हुने विश्वास लिएका छौँ। पोखरा र भैरहवा एयरपोर्ट सञ्चालनमा ल्याउनेबारे पनि गम्भीर छलफल हुन्छ। उत्पादन वृद्धिका लागि कृषिमा क्रान्ति जरूरी छ। त्यसबारे पनि चीनसँग कुराकानी हुन्छ।”

“सरकारबारे विभिन्न प्रश्न उठाइएको छ। प्रचण्डले खुट्टा कमाउँछ, आफ्नालाई छोड्छ भन्ने गलत प्रचार गरिएको छ। प्रचण्डले भ्रष्टाचार गरे पनि नछोड्नु भनेको छु। दोषी छ भने कांग्रेस, एमाले, माओवादी, समाजवादी जोसुकै भए पनि छोडिँदैन। यो अभियान रोकिँदैन। यसमा गठबन्धन पनि एकमत छ। यो गठबन्धन पाँच वर्ष जान्छ” प्रधानमन्त्रीले भन्नुभयो।

सन्देश सभालाई पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द लगायत मोर्चाका नेताहरूले सम्बोधन गर्नुभएको थियोे।

शुक्रबार, भदौ १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने
‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए
कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित
चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त
विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • २.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ३.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • २.
    ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए

  • ३.
    कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ४.
    चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते

  • ५.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ६.
    विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ७.
    एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

  • ८.
    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.