• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • २. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ३. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ९. विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

प्राविधिक शिक्षालय सञ्चालन गर्दै आँबुखैरेनी

  •   सोमबार, असोज ०८, २०८० मा प्रकाशित

असोज ८ , दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । गाउँपालिकाभित्रका विद्यार्थीको प्राविधिक शिक्षा पढ्ने चाहना पूरा गर्न गाउँपालिकाले आफ्नै शिक्षालय खोल्ने तयारी गरेको हो ।

माध्यमिक तह अध्ययन सकेपछि प्राविधिक शिक्षा अध्ययनका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । यसका लागि गाउँपालिकाले वडा नम्बर २ ढकालटारमा रहेको विद्युत् प्राधिकरणको अलपत्र भवन प्रयोगका लागि तयारी गर्ने जनाएको छ । वर्षौंदेखि अलपत्र अवस्थामा रहेको उक्त भवनमा गाउँपालिकाले प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य राखेको उनले बताए ।

अध्यक्ष चुमानले भने, “एकातिर स्थानीय जनताको प्राविधिक विषय पढ्ने चाहना हुँदाहुँदै पनि जमिन अभावका कारण गाउँपालिकाले प्राविधिक शिक्षालय सञ्चालन गर्ने निर्णय गरेर पनि प्राविधिक शिक्षालय स्थापना गर्न सकेको छैन । अर्कोतिर गाउँपालिकामा रहेको जमिन र सो जमिनमा निर्माण भएको संरचना अलपत्र अवस्थामा रहनु विडम्बना हो ।”

ढकालटारमा जीर्ण अवस्थामा रहेको भवन संरक्षण तथा उपयोगका लागि गाउँपालिकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग अनुमति माग गरेको छ । कित्ता नम्बर १७५ को क्षेत्रफल ६–१३–३ र कित्ता नम्बर १७४ को क्षेत्रफल ६–७–०–१ को जमिन संरक्षण तथा उपयोगका लागि गाउँपालिकालाई अनुमति दिन माग गरिइएको हो ।

मस्र्याङ्दी जलविद्युत् केन्द्र निर्माणको समयमा कामदारलाई आवास व्यवस्थापनका लागि स्थानीयबाट अधिग्रहण गरी संरचना निर्माण गरिएको छ । विद्युत् प्राधिकरणले तालिम केन्द्र सञ्चालन गर्ने निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन ।

पछि तत्कालीन सङ्कटकालको बेलामा नेपाली सेनाले उपयोग गरेको उक्त जग्गामा विगत लामो समयदेखि नेपाली सेनाले उपयोग गर्न छाडे पनि संरक्षण अभावमा सो जमिन र संरचना खण्डहरमा परिणत भएका छन् ।

अध्यक्ष चुमानले ऊर्जा मन्त्रालयले त्यसको संरक्षण र प्रयोगका लागि गाउँपालिकालाई अनुमति दिएमा त्यहाँ प्राविधिक शिक्षालय स्थापनाको प्रक्रिया अगाडि बढाउने जानकारी दिए । उनले भने, “ऊर्जामन्त्रीबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ ।”

गाउँपालिकाभित्र रहेका आधारभूत तथा माध्यमिक तह अध्ययनपश्चात् विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाउन गाउँपालिकाले आफ्नै प्राविधिक शिक्षालय स्थापना गर्ने लक्ष्य राखेको छ । “प्रविधिक शिक्षा अध्ययनका लागि पोखरा, चितवन, काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य गर्न पालिकाभित्रै प्राविधिक शिक्षालय स्थापना गर्न पहल गरेका छौँ, वार्षिक नीति तथा कार्यक्रममा नै यसलाई समावेश गरिसकेका छौँ”, उनले भने, “त्यसका लागि जग्गा व्यवस्थापनमा पहलसँगै स्थापना, व्यवस्थापन कार्यमा अगाडि बढेका छौ ।”

प्रयोगविहीन जीर्ण भवनलाई पालिकाले मर्मत गरेर सञ्चालनमा ल्याउने अध्यक्ष चुमानले बताए । “भवन यत्तिकै राख्नुभन्दा त्यसको प्रयोग पनि हुने, पालिकालाई पनि सहज हुने भएकाले उक्त भवन उपयुक्त छ भन्ने लागेको छ”, उनले भने।

सोमबार, असोज ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने
‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए
कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित
चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त
विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • २.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ३.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • २.
    ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए

  • ३.
    कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ४.
    चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते

  • ५.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ६.
    विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ७.
    एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

  • ८.
    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.