• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

‘पूर्ण क्षमतामा अदालत सञ्चालन गर्न गम्भीर र संवेदनशील छौँ’

  •   आइतबार, असोज २८, २०८० मा प्रकाशित

असोज २८,काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले तीनै तहका अदालतमा रिक्त न्यायाधीशको पूर्ति गरेर पूर्ण क्षमतामा अदालत सञ्चालन गर्नेतर्फ गम्भीर र संवेदनशील रहेको बताउनुभएको छ ।

उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटनका क्रममा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले मुद्दाको चापलाई कम गर्दै जनताको सहज पहुँच र छिटो छरितो न्याय सम्पादनमार्फत अदालतप्रति जनविश्वास बढाउन अग्रसर रहेको बताउनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले पाटन अदालतको नवनिर्मित भवनबाट हुने न्यायसम्पादनले सर्वसुलभ, गुणस्तरीय र सहज पहुँचमार्फत न्यायालयको जनविश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयमा उच्च कार्यबोझ र जनशक्तिको कमी रहेको बताउँदै अदालतको भौतिक पूर्वाधार निर्माण सरोकारवालाको प्राथमिकता नपरेको गुनासो गर्नुभयो ।

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडाले न्यायालयबाट सम्पादित न्याय भरोसा योग्य र जनविश्वास जगाउने हुनुपर्ने बताउनुभयो ।

वरिष्ठतम न्यायाधीश खतिवडाले न्यायपरिषद् र न्यायालयबाट गर्ने सबै काम कारवाहीको औचित्य, आधार र कारण रहेको भन्दै यसमा प्रश्न गर्नुपर्ने औचित्य नभएको बताउनुभयो ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले न्यायिक स्वतन्त्रता भनेको न्यायाधीशको स्वतन्त्रता मात्र नभएको भन्दै स्वतन्त्र न्यायपालिकाको मान्यता अनुरुप साधनस्रोत र आर्थिक स्वतन्त्रता पनि महत्वपूर्ण हुने बताउनुभयो ।

उच्च अदालत पाटनका कायममुकायम मुख्य न्यायाधीश महेश शर्मा पौडेलले सीमित स्रोतसाधनका बीच भवन निर्माण कार्य सम्पन्न भएको र यसले कार्य वातावरण प्रभावकारी बनाउँदै न्याय सम्पादनमा सहजता थप्ने बताउनुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भवन निर्माणसँगै यसको मर्मत र सरसफाई महत्वपूर्ण पाटो रहेको बताउँदै यसतर्फ ध्यान दिन सुझाव व्यक्त गर्नुभयो ।

नेपाल बार एसोसिएसन पाटन बारका अध्यक्ष शान्तिराम खतिवडाले पाटन अदालतले उच्च कार्यबोझका बाबजुद गरिरहेको मुद्दा फर्छ्यौट राम्रो पक्ष रहेको बताउनुभयो ।

अध्यक्ष खतिवडाले न्यायपरिषद्ले योग्यता क्रममा फेरबदल हुने गरेको गरेको नियमावली संशोधनमा असन्तुष्टि रहेको बताउँदै त्यसलाई सच्याइनुपर्ने बताउनुभयो ।

आइतबार, असोज २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने
‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए
कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित
चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त
विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

Namaste Chitwan

लोकप्रिय

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • २.
    ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए

  • ३.
    कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ४.
    चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते

  • ५.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ६.
    विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ७.
    एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

  • ८.
    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.