• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ७. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ८. विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

राष्ट्रसङ्घका महासचिव गुटेर्रेस भोलि नेपाल आउनुहुँदै

  •   शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित

कार्तिक ११ , काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस नेपालको औपचारिक भ्रमणमा आइतबार यहाँ आइपुग्नुहुने भएको छ । नेपाल सरकारका विभिन्न निकायले उहाँको भ्रमणको आवश्यक तयारी थालेको छ ।

आपसी भाइचारा र शान्तिको सन्देश विश्वलाई दिने उद्देश्यसहित महासचिव गुटेर्रेसको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउन लागेको हो ।

विश्वका विभिन्न देशबिच आपसी मतभेदसँगै युद्ध र कलहमा जेलिइरहेका बेला महासचिव गुटेर्रेसको शान्ति भूमि नेपालको भ्रमणलाई महत्वका साथ हेरिएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार महासचिव गुटेर्रेस कतार एयरलाइन्सको जहाजबाट आइतबार दिउँसो १ बजे नेपाल अवतरण गर्नुहुने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा कात्तिक १२ देखि १५ गतेसम्म चारदिने भ्रमणका लागि नेपालमा रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सन् २०१७ मा नयाँ महासचिवको पदभार ग्रहण गरेपछि गुटेर्रेसले पहिलो पटक नेपाल भ्रमण गर्न लाग्नुभएको हो । नेपालका शान्ति सैनिकले विश्व शान्तिका लागि पु¥याएको योगदानको उच्च कदर गर्दै विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उहाँले पटक पटक नेपालको प्रशंसा गर्नुभएको छ ।

शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपाल भएकाले पनि उहाँको नेपालप्रति अगाध लगाव रहिआएको छ । विभिन्न कारणले यसअघि तय भएको भ्रमण रोकिए पनि यो पटक जसरी पनि नेपाल भ्रमणमा आउन उहाँले उत्कृट चाहना राख्नुभएको उहाँका अभिव्यक्तिले पुष्टि गर्छ ।

नेपाल भ्रमणमा रहँदाको अवसर पारेर नेपाल सरकारले कात्तिक १४ गते सङ्घीय संसद्मा सम्बोधन गर्नका लागि कार्यसूची तय गरेको छ । त्यसअघि राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टै शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डसँग विशेष भेटवार्ता गर्नुहुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

शान्ति भूमि नेपालमा पछिल्लो समय जलवायु परिवर्तनको असरले सर्वोच्च शिखर सगरमाथासहितका हिमालय क्षेत्रमा पारेको कडा असरबारे पनि उहाँको गम्भीर चासो रहिआएको छ । शक्तिशाली मुलुकको औद्योगिक विकासले बढाएको कार्बन उत्सर्जनका कारण बढ्दो विश्वव्यापी तापक्रमले हिमालको हिउँ पग्लँदै जानु विश्वकै चासोको विषय रहेको छ । त्यसको प्रत्यक्ष अवलोकन गर्दै हिमाली क्षेत्रका प्रभावित समुदायसँग महासचिव गुटेर्रेसले कुराकानी गर्नुहुने मन्त्रालयले उल्लेख गरेको छ ।

जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी कोप–२८ सम्मेलन आगामी नोभेम्बर महिनामा संयुक्त अरब इमिरेट्समा सुरु हुँदै छ । साथै उहाँले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी र सुन्दर पर्यटकीय नगर पोखराको भ्रमण औपचारिक भ्रमण गर्नुहुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दिलीपकुमार पौडेलले जानकारी दिनुभएको छ ।

महासचिवका गुटेर्रेसको उच्चस्तरीय प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घको शान्ति कार्यसञ्चालनका लागि उपमहासचिव जिन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गर हाम्डी र न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयका अन्य उच्चाधिकारी पनि सहभागी रहनुहुने मन्त्रालयले जनाएको छ । नेपाल भ्रमणका क्रममा उहाँले नेपालका विभिन्न विशिष्ट व्यक्तिसँग पनि भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ ।

 

शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने
‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए
कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित
चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त
विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

Namaste Chitwan

लोकप्रिय

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • २.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • २.
    ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायाङ्कन सुरु, पहिलो दिन पीयूष र एलेक्सका दृश्य खिचिए

  • ३.
    कमलसिंह ऐरी चम्किँदा चितवन राइनोजको विजयी सुरुआत, विराटनगर ८ रनले पराजित

  • ४.
    चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते

  • ५.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ६.
    विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ७.
    एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

  • ८.
    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.