कार्तिक १४ , काठमाडौँ । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी ज्यान गुमाएको थप दुई नेपालीको शव पहिचान भएको छ । तेल अबिबस्थित नेपाली दूतावासले सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै दुई नेपालीको शव पहिचान भएको जनाकारी दिएको हो ।
शव पहिचान हुनेमा मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका अनन्द साह रहेका छन् । योसँगै उक्त आक्रमणमा परी ज्यान गुमाएका १० नेपालीहरुको शव पहिचान भएको छ ।
‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ’, विज्ञप्तिमा उल्लेख छ।इजरायल सरकारले सम्पर्कविहीन भएका विपिन जोशीको खोजी पनि जारी रोखेको दूतावासले जनाएको छ।

तपाईको प्रतिक्रिया


