वैशाख ६,काठमाडौं –स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ ।सोमबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १-० गोल अन्तरले स्तब्ध भएको हो ।बार्सिलोना घरेलु मैदानमै पराजित भएको हो ।
काडिजलाई जित दिलाउन लुकास परेजले निर्णायक गोल गरे ।उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन् ।यस जितसँगै काडिजले ३२ खेलमा ३१ अंक जोडेको छ ।काडिज १६ औं स्थानमा रहेको छ ।बार्सिलोना ६० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
तपाईको प्रतिक्रिया


