वैशाख ७ ,काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सानदार जित निकालेको छ ।मंगलबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई ४-० गोल अन्तरले हराएको हो ।
लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल गरे ।लुइस डियाज र साडियो मानेको नाममा एक एक गोल रह्यो ।घरेलु मैदानमा एकतर्फी जित निकाल्ने क्रममा डियाजले पाँचौं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
२२ औं मिनेटमा सलाहले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।खेलको ६८ औं मिनेटमा मानेले गोल गर्दै टोलीको अग्रता ३-० को बनाए ।त्यसपछि खेलको ८५ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ४-० को जित दिलाए ।जितसँगै लिभरपुल शीर्ष स्थान उक्लिएको छ ।
लिभरपुलले ३२ खेल ७६ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको सिटी भन्दा २ अंकले अघि रहेको छ ।युनाईटेड ५४ अंक जोडेर छैटौं स्थान रहेको छ ।



