नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै स्थायी कमिटीको बैठक बोलाउन लागेको बताउनु भयो ।
स्थायी कमिटीबाट ठोस योजना बनाएसँगै केन्द्रीय समिति बैठक बोलाएर सोही बैठकबाट विशेष महाधिवेशनको मिति तय गरिने जानकारी गराउन भयो ।
बिहीबार राति एसिया प्रदेश सङ्गठन समितिस्तरीय विशेष प्रशिक्षण कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले छिट्टै स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउने बताउनु भयो ।
प्रचण्डले पार्टीलाई एकताबद्ध बनाउँदै देश र जनताको पक्षमा समर्पित गर्नुपर्नेमा जोड दिँनुभएको छ ।
तपाईको प्रतिक्रिया


