कांग्रेस र एमालेबिच मन्त्रालयको भागबन्डा आइतबार टुङ्गिएको छ। एमालेको भागमा अर्थ, सञ्चार तथा सूचना प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, सङ्घीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेका छन् ।
यसैगरि गृह, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण, स्वास्थ्य तथा जनसङ्ख्या, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय कांग्रेसको भागमा परेको नेताहरूले बताएका छन् ।
तपाईको प्रतिक्रिया



