माओवादी केन्द्रका सचिव एवं संसदीय दलको प्रमुख सचेतक हितराज पाण्डेले सरकारबाट जनताको अधिकार कटौती गर्ने षड्यन्त्र भए सशक्त प्रतिरोध गर्ने चेतावनी दिनु भएको छ ।
कांग्रेस र एमालेबिच भएको सहमति सार्वजनिक नहुनुले गम्भीर प्रश्न उठेकाले प्रतिगमनविरुद्ध प्रतिरोध गर्ने चेतावनी दिनुभयो । उहाँले ‘माओवादी सरकारमा हुँदा खासगरी सुशासनको पक्षमा जुन किसिमका काम भएका छन् । ती विषयवस्तु निरन्तर अगाडि बढाउनका लागि संसदमा प्रस्तुत हुन्छौँ ।
त्यसका साथसाथै सामाजिक न्याय समृद्धिका विषय अगाडि बढाउनका लागि दबाब दिन्छौँ’, ‘जनताको अधिकार कटौती गर्ने षड्यन्त्रविरुद्ध सशक्त ढंगले जनताको आवाज उठाउँछौँ । सात बुँदे सहमति भनेका छन्, अहिलेसम्म सार्वजनिक गरेका छैनन् । यो नै अपारदर्शी कुरा हो । ढाँटछल कुरा भयो । सहमति लुकाएर उनीहरुले अनैतिक काम गरेका छन् । त्यसविरुद्ध सशक्त प्रतिरोध गरिन्छ ।’


