• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ३. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • १०. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

आकृतिभित्रको ‘बालनयन’

  •   शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित

नारायण ढुङ्गाना
वैशाख १० ,काठमाडौं । एउटा बालक डोरीको जाली बाहिरबाट अपेक्षित हेराइका साथ टोलाइरहेका छन् ।जाली बाहिर उनले आफ्ना आधारभूत आवश्यकता पूरा हुने केही चिज देखिरहे झैँ एक टकले हेरिरहेका छन् । उनको बालनयनले त्यो चिज अरुले नै उपयोग गरिरहेका अनुभूति गराउँछ । त्यसैले पिलपिलाउँदो नजर त्यही चिजमा एकोहोरिएका हुन्छ ।

चारकोलका माध्यामबाट पाटन सुन्धाराकी लक्षता श्रेष्ठ सिर्जना गर्नुभएको उक्त चित्रले हाम्रो समाजको बालमस्तिष्कलाई गहिरोरुपमा छोएको छ । हाम्रो समाजमा पारिवारिक हिंसालगायत कारणले बालबालिका सडकमा पुग्ने गरेका र त्यसपछि उनीहरुकोे जीवनमा आइपर्ने उतारचढावलाई चित्रकार श्रेष्ठले कलाका माध्यामबाट जीवन्त देखाउने प्रयास गर्नुभएको छ । न्यूनतम आवश्यकताबाट वञ्चित बालकको आँखामा झल्किएको अपेक्षालाई उहाँले चारकोलका माध्यामबाट क्यान्भास रङ्ग्याउनुभयो । उक्त चित्र नवौँ वार्षिकोत्सवका अवसरमा पाटन मङ्गलबजारको द प्रिसियस आर्टस्ले नेपाल कला परिषद्मा ‘आकृति’ शीर्षकमा आयोजना गरेको कला प्रदर्शनी समावेश छ ।

सानो उमेरका बालबालिकालाई आमाबुबाको माया चाहिन्छ, यो समयमा उनीहरुको हाँस्ने, खेल्ने तथा शिक्षा आर्जन गर्ने हो । तर ती सब कुराबाट बञ्चित एक बालक कुनै एउटा डोरीको छेकबार बाहिरको छिद्रबाट चिहाइरहनु सामान्य कुरा होइन । तर उक्त चित्रले जे नहुनु थियो त्यो भइरहेको छ भनेर बालमस्तिष्कमार्फत देखाइरहेको छ । हाम्रो नेपाली समाजमा भइरहेका घटनालाई चित्रमा उतार्ने श्रेष्ठले भन्नुभयो, “आधारभूत आवश्यकतासमेत नपाएको बच्चालाई ती कुरा प्राप्त होस्, आम नागरिकको जस्तै जीवन चल्न सकोस् भन्ने सन्देश दिन खोजेकी हुँ ।” यसका अलावा उहाँले मण्डला, नेपाली सांस्कृति, नेपाली जनजीवनका साथै जीसस क्राइष्टकी आमा मेरी तथा शान्तिको सन्देश दिनका लागि बुद्धको आकृतिका चित्र पनि समावेश गर्नुभएको छ । पहिलो प्रदर्शनी भएकाले निक्कै खुसी लागेको पनि उहाँले सुनाउनुभयो । उहाँ मात्रै होइन कला क्षेत्रका नौँ विद्यार्थीका ४२ चित्र यहाँ प्रदर्शनीमा राखिएको छ ।

अर्का विद्यार्थी सञ्जना महर्जनले सुपरहिरोका माध्यमबाट गलत प्रवृत्तिविरुद्ध प्रहार गर्न खोज्नुभएको छ । जसरी चलचित्रमा नागरिकको जीवनरक्षामा अभिनेताको भूमिका हुन्छ, सुपरहिरोलाई पनि त्यहीरुपमा प्रस्तुत गर्नुभएको छ, उहाँले । त्यतीमात्रै होइन कुमारी, एक आमा र बच्चामार्फत सामाजिक सचेतना जगाउने प्रयास पनि उहाँको छ । व्यवस्थापन पढ्दै गरेकी शान्ति थापा पनि अहिले कला सिक्दै हुनुहुन्छ । उहाँले पनि संयुक्त प्रदर्शनीमा पहिलो अवसर प्राप्त गर्नुभएको छ । उहाँले मण्डला, डट आर्टका साथै महिला हिंसा विरुद्धलगायतका विभिन्न आठ सिर्जनाले क्यान्भास सजाउनुभएको छ ।

प्रदर्शनीमा शर्षिस तण्डुकारका दुई वटा चित्र प्रकृति संरक्षणका बारेमा छ । मानव र वनको अन्तरसम्बन्ध तथा जङ्गलको अवस्थालाई उहाँले चित्रण गर्नुभएको छ । “हामीले प्रकृतिको गति देख्न नसके पनि उसले आफ्नो गतिमा काम गरिरहेको छ, हामीले प्रकृतिलाई नदेखे पनि उसले हामीलाई देखिरहेको छ हेप्नुहुन्न, यही हो थिम”, तण्डुकारले भन्नुभयो । अर्का विद्यार्थी सम्प्रेशणा शाहीले चित्रमार्फत धार्मिक, पारिवारिक मायाका साथै शान्तिका सन्देश छर्नुभएको छ । उहाँका सिर्जनामा ह्वेलको माध्यामबाट सकारात्मक सन्देश र आशावादी हुन सिकाएको छ । सरोज खत्रीले परम्परागत यथार्थवादी चित्रहरु राख्नुभएको छ । यहाँ उहाँका चार चित्र प्रदर्शनमा छन् । नरदेवीमा भएको जात्रालाई प्रतिनिधित्व गर्दै कुमारीको आकृति अकर्षक देखिन्छ । भक्तपुरको गोल्डेनगेटको तोरणसहितको तलेजु भवानी र भैरवको आकृति पनि प्रदर्शनीमा देख्न सकिन्छ । यहाँ विद्यार्थीका अधिकांश कला सिर्जनालाई चारकोलमा रङ्ग्याइएको छ । त्यसमा खत्रीले सुनौलो रङ देखाउन एक्रेलिक मिसाएर सुन्दरस्वरुप दिनुभएको छ ।

शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल
एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित
स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी
दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • २.
    एनपीएलमा सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित

  • ३.
    स्पेनमा दुई हाईस्पिड रेल ठोक्किँदा ६४ जनाको मृत्यु, उद्धार जारी

  • ४.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ५.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ६.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ७.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ८.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.