वैशाख ११ ,काठमाडौं । शनिबार राति भएको खेलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोल अन्तरले हराउँदै बायर्नले उपाधि जितेको छ ।बायर्न म्युनिखले लगातार दशौँ सिजन जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ ।
बायर्नले सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको छ । बायर्न युरोपको शीर्ष पाँच लिगमा लगातार १० औं सिजन उपाधि जित्ने पहिलो टोली बनेको छ ।घरेलु मैदानमा खेलको १५ औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई १-० को अग्रता दिलाए ।
३४ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।खेलको ५२ औं मिनेटमा इम्री क्यानले गोल गर्दै डर्टमण्डलाई २-१ को स्थितिमा ल्याए ।त्यसपछि खेलको ८३ औं मिनेटमा जमल मुसियालाले गोल गर्दै बायर्नलाई ३-१ को जित दिलाए ।यस जितसँगै तीन खेल अगाबै उपाधि जितेको हो ।जितपछि शीर्ष स्थानको बायर्नले ३१ खेलमा ७५ अंक जोडेको छ ।दोस्रो स्थानको डर्टमण्डले ३१ खेलमा ६३ अंक जोडेको छ ।


