वैशाख १२ ,काठमाडौं ।एसी मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।आइतबार राति भएको खेलमा लाजियोलाई २-१ गोल अन्तरले हराउँदै मिलान शीर्ष स्थानमा उक्लिएको हो ।
लाजियोको मैदानमा एक गोलको अग्रता उल्टाएर मिलानले जित निकालेको हो ।खेलको चौंथो मिनेटमा सिरो इम्मोबाइलले गोल गर्दै लाजियोलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ५० औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै मिलानलाई १-१ गोलको बराबरीमा फर्काए ।त्यसपछि खेलको इन्जुरी समयमा सान्ड्रो टोनालीले गोल गर्दै मिलानलाई २-१ को जित दिलाए ।जितसँगै मिलनले ३४ खेलमा ७४ अंक जोडेको छ ।लाजियो ५६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
तपाईको प्रतिक्रिया


