• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ६. नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ७. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ८. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • ९. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • १०. आज कार्तिक ०१ गते आइतबारको तपाइको राशिफल

शुभेच्छाको कला यात्रा, मोडलिङदेखि चलचित्रसम्म

  •   मङ्गलबार, असोज २२, २०८१ मा प्रकाशित

काठमाडौं ,असोज २२
शुभेच्छा खड्का ब्युटी प्याजेन्टको बाटो हुँदै नेपाली रजतपटमा डेब्यु गरेकी नायिका हुन् । अघिल्लो वर्ष मात्रै उनी लिड रोलमा रहेको चलचित्र ‘चित्रा’ प्रदर्शनमा आएको थियो ।ब्युटी प्याजेन्ट होस् वा ¥याम्पमा वाक अथवा सिनेमाको पर्दामा अभिनय कलाका जुनसुकै विधामा उनले आफूलाई अब्बल प्रमाणीत गरिन् ।

१९९४ फेब्रुअरी ७ मा काठमाडौंमा जन्मिएकी शुभेच्छाले ब्युटी प्याजेन्टमार्फत कलाको विधामा इन्ट्री गरेकी थिइन् । २०११ मा मिस ई कलेज–२०११ मा उनले पहिलोपटक भाग लिइन् । जहाँ उनी टप ५ सम्म पुग्दा दुईवटा सबटाइल भने जितिन् ।

त्यो प्रतियोगितामा उनलाई धेरैले पहिलो हुनुपर्ने प्रतिस्पर्धी भनिरहेका थिए । तर उनले टाइटल जित्न सकिनन् । “मलाई पनि अपेक्षा थियो । तर मेरो भाग्यमा नै यस्तै रहेछ भन्ने भयो,” शुभेच्छा भन्छिन्, “त्यो प्रतियोगिताबाट मैले धेरै कुरा सिकेँ । अझै धेरै गर्नसक्छु भन्ने अठोट गरेँ ।”

त्यसको एक वर्षपछि देशकै ठूलो ब्युटी प्याजेन्ट मिस नेपाल–२०१२ मा सहभागी भइन् । यसमा भने उनलाई ठूलो सफलता हात लाग्यो । उनको अठोट र लभावले काम ग¥यो । मिस नेपाल इन्टरनेसनल–२०१२ टाइटल जितिन् । यो आफैँमा सफलता त छँदै थियो । त्यसबाहेक यो आगामी दिनमा अन्य क्षेत्रका ढोका पनि खुला भएका थिए । ती ढोका कला क्षेत्रका साथै अन्य क्षेत्रका पनि थिए । मात्रै उनले कुन क्षेत्र रोज्ने भन्ने मात्रै थियो ।

सानैदेखि शुभेच्छा सुन्दरी प्रतियोगिताहरू हेर्थिन् । टेलिभिजनमा हेरिरहेका ती प्रथियोगिताले उनको मन खिचेको थियो । मिस युनिभर्सदेखि मिस वल्डसम्म उनी हेर्न छुटाउँदिनन् थिइन् । “म ती प्रतियोगिता हेर्दिनमात्रै थिएँ, निकै प्रभावित पनि हुन्थेँ । यस्तै प्रतियोगितामा सहभागी भएर विजेता हुन पाए भन्ने लोभ पनि लाग्थ्यो । तर यही बाटो रोज्छु भन्ने निश्चित गरेको थिइनँ,” उनी नोस्टाल्जिक हुन्छिन् । उनमा यति धेरै दिलचस्पी थियो, मिस नेपालप्रति । उनी सानैमा प्रत्येक मिस नेपालको नाम कण्ठस्थ थियो ।

२०१२ को वर्ष प्लस टु सकेर स्नातक भर्ना भएकी थिइन् । एक्कासी उनलाई लाग्यो, यही वर्ष मिस नेपालमा जानुपर्छ भन्ने सोच आयो । परिवारले पनि उनलाई सहयोग ग¥यो । शुभेच्छालाई झन सहज भयो ।

“मिस नेपाल मोडलिङमा जाने सबैभन्दा ठूलो प्लेटफर्म हो भन्ने लाग्यो,” उनी भन्छिन्, “यहाँ गएर मोडलिङको क्षेत्रमा नाम कमाउन सकिन्छ भन्ने थियो । त्यसैले म मिस नेपालमा सहभागी भएको थिएँ ।”

उनले आफूलाई स्थापित गर्न धेरै ब्युटी प्याजेन्टमा भाग लिनै परेन । उनले चारवटा प्रतियोगितामा भाग लिइन् । जसले उनलाई पर्याप्त नाम दियो । राष्ट्रियतर्फ मिस ई–कलेज–२०११ र मिस नेपाल–२०१२ र इन्टरनेसनलतर्फ मिस इन्टरनेसनल २०१२ (जापान) र वर्ल्र्ड मिस युनिभर्सिटी–२०१७ (कम्बोडिया)मा भाग लिइन् । यसले उनलाई नेम र फ्रेम दुवै दियो ।

शुभेच्छाले मोडलिङ सुरु गरेको १२ वर्ष भयो । जसले उनलाई नाम त दियो नै । सँगै देशका धेरै ब्रान्डसँग काम गर्ने अवसर जुटाइदियो । देशका थुप्रै प्रतिष्ठित कम्पनीको ब्रान्ड एम्बेस्डर भएर काम गरिन् ।

म्याजिक फुटवेर, ग्ल्याम एन्ड ग्लोरी हेयर रिमुभल क्रिम, मिनिसो, वेलबेल, टे«नेक्युलिटी स्पा, अप्सन कन्सल्टेन्सीको उनी ब्रान्ड एम्बेस्डर भइन् ।

मोडलिङ शुभेच्छाको पेसा हो, यसमै उनी रमाउँछिन् । उनलाई मोडलिङले आफ्नो इच्छालाई आकार दियो । जिन्दगीलाई रमाइलो बनाइदियो । क्यामेरा अगाडि निर्धक्क बोल्न र अभिनय गर्न अवसर दियो । थुप्रै ब्रान्डसँग जोडिन र बुझ्ने मौका दियो । सबैभन्दा ठूलो कुरा त पहिचान दियो ।

पत्रिकामा छापिनु, समाचारका हेडलाइन बन्नु, अन्तर्वार्ताको पात्र हुनु, टेलिभिजनमा विभिन्न भूमिकामा प्रस्तुत हुँदा, एमसी भएर बोल्नु आखिर मोडलिङले त दिएको हो उनलाई, त्यसैले उनी यो अवसर प्रदान गर्ने पेसाप्रति सधैँ नतमस्तक हुन्छिन् ।

जब उनी मिस नेपालमा सहभागी भइन् र मिस नेपाल इन्टरनेसनको उपाधि जितन् । उनलाई चलचित्रमा नायिकाका लागि अफर आउन थाले । तर उनलाई त्यो बेला आँट आएन ।

उनी सिनेमामा नखेले पनि यसलाई नजिकबाट नियालिरहेकी थिइन् । अफर आउँथे । उनलाई अफर स्वीकार गरौँ कि भन्ने पनि लाग्थ्यो । तर फेरि अर्को मनले भन्थ्यो, अझै केही समय कुर्ने की ।

तर जब गोविन्द सिंग भण्डारीबाट अफर आयो चलचित्रका लागि । निर्देशक भण्डारीको टिम देखेर उनलाई चलचित्रमा काम गर्न रहर लाग्यो । र उनले खेलिन्, रनवीर । जुन उनको पहिलो चलचित्र थियो ।

सिनेमामा प्रवेश गरिन् । ‘रनवीर’, ‘चित्रा’ लगायत चलचित्रमा नायिकाको रुपमा काम गरिन् । तर उनले मोडलिङलाई भुलेकी छैनन् । उन अझै मोडलिङलाई निरन्तरता दिने सोचमा छिन् ।

“चलचित्रमा पनि काम गर्दैछु । चाँडै नै दर्शकले मलाई ठूलो पर्दामा देख्नु हुनेछ । बाहिरका एजेन्सीसँग पनि टचमा छु । त्यहाँबाट पनि थुप्रै कामको अवसर आइरहेको छ,” शुभेच्छा भन्छिन्, “ती एजेन्सीसँगै अरु पनि काम गर्नेछु । चलचित्र र मोडलिङ त मेरो पहिचान नै हो, गर्ने नै छु ।”

मङ्गलबार, असोज २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल
पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ६.
    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा

भर्खरै

  • १.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • २.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • ७.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ८.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.