काठमाडौं ,असोज २९
भारतमा नेपाली संस्कृति र कलाको संरक्षणमा सदैब लागि पर्ने एउटा कमिटि हो “दहिसर संयुक्त कमिटी” र यहि कमिटिले आगामी बुधबार दहिसरको आनन्दनगरमा भब्य नेपाली कल्चर कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रममा चर्चित कलाकारहरुको उपस्थिती रहने आयोजकले जानकारी दिएको छ ।
बिजया दशमी तथा शुभ दिपावली २०८१ को शुभकामना आदानप्रधान तथा जमघट कार्य्रक्रम गर्न लागेको हो । हामीले परदेशमा रहेका नेपाली दाजुभाइहरुसङ्ग भेटघाट र शुभकामना आदानप्रदान गर्न यो कार्यक्रमको आयोजना गरेका हौ ” आयोजक मध्यका एक प्रेम ढकालले बताउनु भयो ।
बिगत १५ बर्ष देखि भारतको मुम्बईबाट नेपाल सम्म बस सेवा सन्चालन गर्दै आएको श्री दुर्गेस्वरी ट्राभल्सले यश कार्यक्रमलाई विशेष सहयोग पनि गरेको बताए ट्राभल्स सन्चालक एबम कार्यक्रम आयोजक प्रेम ढकालले । यस ट्राभल्सले भारतमा दुखमा परेका नेपालीहरुलाई सहयोग समेत गर्दै आएको छ भने भारतमा अलपत्र परेका नेपालीहरुलाई उद्दार गरि नेपाल सम्म पठाईदिने पनि गरेको छ ।

यस कार्यक्रममा अभिनेता तथा मोडल चन्दु ताम्राकार , प्रकाश बिसि ,टिना शेर्पाली ,कुशुम सिंग , रेशमा परियार , जिया बडेला , अनिता शाही तथा कलाकारहरु भावना कुवर , चन्द्रा शोनी र गायिका भावना रावत ,गायक अर्जुन नागर्जी , कोरियोग्राफर मान सिंह , हरिस बिश्वकर्मा लगायतको प्रस्तुती रहने छ ।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा नेपाली कामगार सेना भारतका राष्ट्रीय अध्यक्ष मास्टर थापा ( गुरुजी) लाई निमन्त्रणा गरिएको छ । भरत शोनिले सन्चालन गर्ने उक्त कार्यक्रममा समाजसेवी दिपाली बुढाक्षेत्री पनि अतिथिको रुपमा रहने आयोजक अर्जुन बिष्टले बताउनु भयो ।


