• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ६. नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ७. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ८. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • ९. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • १०. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

‘राजागंज’ चैत्र १ गतेबाट प्रदर्शनमा आउने

  •   मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित

काठमाडौं ,कार्तिक ६

दीपक रौनियारको निर्देशनमा निार्माण भएको सिनेमा ‘राजागंज’को प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि विभिन्न विश्वप्रसिद्ध सिनेमा महोत्सवमा ‘पूजा, सर’ नाममा प्रदर्शन भएको सिनेमा नेपालमा भने ‘राजागंज’ नामबाट रिलिज गरिने निर्माण टिमले जानकारी दिएको हो ।

मंगलबार सिनेमाको निर्माण टिमले एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै सिनेमा आगामी चैत्र १ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुने जानकारी दिइएको छ । यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका हुन् । सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ ।

निर्देशक रौनियार नेपाली सिनेमालाई विश्वप्रसिद्ध सिनेमा महोत्सवमा पुर्याउने पहिलो निर्देशक समेत हुन । उनले निर्देशक गरेको सिनेमा ‘हाइवे’ पहिलो पटक बर्लिन अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा २०१२ मा प्रदर्शन गरिएको थियो । त्यसअघि कुनैपनि नेपाली कथानक सिनेमा यो स्तरको अन्तर्राष्ट्रिय मञ्जमा उभिएको थिइन् । त्यसपछि उनले निर्देशन गरेको दोस्रो फिचर सिनेमा ‘ह्वाइट सन’ पनि विभिन्न विश्वप्रसिद्ध सिनेमा महोत्सवमा पुगेको थियो ।

अहिले उनै निर्देशक रौनियार निर्देशित तेस्रो फिचर सिनेमा ‘राजागंज’ समेत विभिन्न विश्वप्रसिद्ध सिनेमा महोत्सवहरु चहरिरहेको छ । अझ यो सिनेमाको कार्यकारी निर्मातामा बलिउडका सफल निर्देशक अनुराग कश्यप जोडिएसँगै नेपालमा समेत सिनेमा चर्चाको शिखरमा पुगेको छ ।

निर्देशक कश्यपले केहीदिन अघि विश्वप्रसिद्ध मिडिया भेराइटीमा दिएको अन्तरवार्तामा आफु दीपक रौनियार निर्देशित सिनेमा ‘ह्वाइट सन’ हेरेदेखि उनको फ्यान भएको बताएका थिए । त्यसपछि उनको अर्को सिनेमाको प्रतिक्षामा थिए । ‘राजागंज’मा निर्माताको रुपमा जोडिन पाउँदा गर्व महसुस गरेको उनले भेराइटीसंगको संवादमा उल्लेख गरेका छन् ।

यो सोसल ड्रामा तथा एक्सन सिनेमामा आशा मगराती मुख्य भूमिका छिन् । सिनेमामा आशाका अलवा पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, पशुपति राई र नीरज श्रेष्ठको पनि अभिनय रहेको छ ।

सत्य घटनाबाट प्रेरित रहेको ‘राजागञ्ज’ स्वीट्जरल्यान्ड, जर्मनी, अस्ट्रिया यूके र आयरल्यान्ड जस्ता देशमा पनि बिक्री भइसकेको जनाइएको छ । सिनेमाले नेपाल र भारतको सीमावर्ती शहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अप्रेसनको कथा उठाएको छ ।

सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।

मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल
पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ६.
    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा

भर्खरै

  • १.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • २.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • ७.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ८.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.