महिलामा पाठेघरको मुखको क्यान्सर चौथौ मुख्य क्यान्सर रहेको छ। ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुने सङ्ख्या न्युन आय भएका र मध्यम आय भएका देशमा देखिएको छ।
नेपालमा महिलामा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण हो। मृत्युको भने पहिलो कारण हो।
पाठेघरको मुखको क्यान्सर हरेक वर्ष पाँच लाख ७० हजार महिलामा हुने गर्छ। यो सङ्ख्या सन् २०३० सम्ममा सात लाखसम्म पुग्ने अनुमान गरिएको छ।
विश्वमा हरेक वर्ष तीन लाख ११ हजारको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने गर्छ। यो सङ्ख्या सन् २०३० सम्ममा चार लाख पुग्ने अनुमान गरिएको छ।
नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ। हरेक वर्ष एक हजार एक हजार ३१३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ जसअनुसार औसतमा प्रत्येक दिन चार जनामा पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ।
क्यान्सर रोग विशेष डा. सरिता घिमिरेका अनुसार पाठेघरमा भएका कोशिकाको अनियन्त्रित विकासले गर्दा क्यान्सर हुने गर्छ। यो एक ठाउँबाट अर्को ठाउँमा सर्न सक्छ। सूर्तीजन्य वस्तु, खानपान, अत्याधिक चिल्लो खाना, नुन बढी भएको खाना, धुवाँमा सेकाएको मासु ढुसी परेको खानेकुरा ,बासी खानेकुरा, वंशाणुगत कारण विकीरण जीवाणुका कारणले गर्दा क्यान्सर हुने डा. घिमिरे बताउनुहुन्छ।


