• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक २१, २०८३
☰
शनिबार, कार्तिक २१, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ५. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सौराहाको पर्यटनलाई सामाजिक सेवासँग जोड्दै ग्रीन सोसाइटी, विकट चेपाङ बस्तीमा स्वास्थ्य र शिक्षा अभियान

  •   शनिबार, कार्तिक २१, २०८३ मा प्रकाशित

सौराहा । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन र घुमफिरसँगै सामाजिक सेवामा समेत जोड्ने अभियान सुरु भएको छ । ग्रीन सोसाइटी नेपाल, सौराहाले पर्यटकलाई विकट बस्तीको जनजीवनसँग परिचित गराउँदै प्रत्यक्ष सामाजिक सेवामा सहभागी गराउन थालेको हो ।

युवा पर्यटन व्यवसायी एवं समाजसेवी शिरलाल परियारको पहलमा सञ्चालित संस्थाले विगत दुई दशकदेखि चितवनका विकट पहाडी क्षेत्रका विपन्न समुदायको स्वास्थ्य, शिक्षा र बालबालिकाको हकहितका क्षेत्रमा काम गर्दै आएको छ ।

विशेषगरी राप्ती र कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिकाका पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई लक्षित गरी संस्थाले निःशुल्क स्वास्थ्य शिविर, शैक्षिक सामग्री वितरण, खाद्यान्न तथा खाजा सहयोगलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

पर्यटकलाई सामाजिक सेवामा प्रत्यक्ष सहभागी गराउँदै

ग्रीन सोसाइटीको अभियानमा शिरलालका दाजु शेरबहादुर परियारले पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । दुवै दाजुभाइ लामो समयदेखि विकट क्षेत्रका विपन्न समुदायको जीवनस्तर सुधारका लागि सामाजिक अभियानमा सक्रिय छन् ।

सौराहामा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन धेरै हुने भएकाले सामाजिक सेवामा रुचि राख्ने पर्यटकलाई स्थानीय समुदायसँग जोड्ने प्रयास गरिएको संस्थाका महासचिव शिरलाल परियारले बताए ।

‘धेरै पर्यटक सामाजिक काममा सहयोग गर्न चाहनुहुन्छ । तर सहयोग रकम दिएर मात्रै सामाजिक सेवा पूरा हुँदैन । हामी पर्यटकलाई आफैँ विकट बस्तीमा पुर्‍याएर त्यहाँको जनजीवन देखाउँदै प्रत्यक्ष रूपमा सेवामा सहभागी गराउँछौँ,’ परियारले भने ।

जर्मनीका हार्टमुट ड्राम्सटाट पनि ग्रीन सोसाइटीसँगै सामाजिक अभियानमा सहभागी हुँदै आएका छन् । नेपाल भ्रमणका क्रममा दुर्गम गाउँमा पुगेर स्थानीयलाई प्रत्यक्ष सहयोग गर्न पाउँदा खुसी लागेको उनले बताए ।

चेपाङ बस्तीमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर

यसै अभियानअन्तर्गत शुक्रबार कालिका नगरपालिका–११ स्थित माझवाङ माध्यमिक विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सोही अवसरमा विद्यालयका विद्यार्थीलाई एक वर्षसम्म पुग्ने शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरिएको छ ।

विकट पहाडी गाउँमै विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य सेवा पाएपछि स्थानीय चेपाङ समुदायले खुसी व्यक्त गरेका छन् । शिविरमा हाडजोर्नी, जनरल मेडिसिन, बालरोग, आँखा परीक्षण, रक्तचाप तथा मधुमेह परीक्षणलगायत सेवा प्रदान गरिएको थियो ।

बकुलहर रत्ननगर अस्पतालका हाडजोर्नी विभागका डा. सुरज बिडारीको नेतृत्वमा पाँच सदस्यीय चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । टोलीमा हाडजोर्नी विशेषज्ञ डा. शैलेस खनाल, बालरोग विशेषज्ञ डा. जगन्नाथ शाह, मेडिकल अधिकृत डा. निशा घले र डा. भूमिका आचार्य सहभागी थिए ।

शिविरमा जटिल स्वास्थ्य समस्या देखिएका बिरामीलाई थप उपचारका लागि रत्ननगरमा उपचारको व्यवस्था मिलाइएको परियारले जानकारी दिए ।

कार्यक्रममा कुपोषण न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले २५० भन्दा बढी बालबालिकालाई सर्वोत्तम लिटो वितरण गरिएको थियो । बालबालिकालाई झुल तथा महिलालाई निःशुल्क स्यानिटरी प्याडसमेत उपलब्ध गराइएको थियो ।

माझवाङ माध्यमिक विद्यालयमा अध्ययनरत ९४ जना चेपाङ समुदायका विद्यार्थीलाई लक्षित गरी एक वर्षसम्म पुग्ने शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । शिविरबाट कालिका नगरपालिका–११ लगायत आसपासका क्षेत्रका ४०० भन्दा बढी स्थानीयले स्वास्थ्य सेवा लिएका थिए ।

कार्यक्रममा कालिका नगरपालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजाले विकट बस्तीमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्‍याएकोमा ग्रीन सोसाइटी नेपाल तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे ।

पर्यटनलाई मनोरञ्जन र घुमफिरमा मात्र सीमित नराखी स्थानीय समुदायको जीवनस्तर सुधार र सामाजिक उत्तरदायित्वसँग जोड्ने ग्रीन सोसाइटीको अभियानले सौराहाको पर्यटनमा सामाजिक सेवाको नयाँ आयाम थप्ने प्रयास गरेको छ । पर्यटकको भ्रमणलाई मानवीय सेवा र समुदायको सहयोगसँग जोड्ने यो अभ्यासले पर्यटन र सामाजिक रूपान्तरणलाई सँगसँगै अघि बढाउने सम्भावना देखाएको छ ।

शनिबार, कार्तिक २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै
कात्तिक कृष्ण त्रयोदशी : धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
आज कार्तिक २१ गते शनिबारको तपाइको राशिफल
चितवन राइनोजको शानदार जित, पोखरा एभेन्जर्स लगातार चौथो खेलमा पराजित
कृषाको फिल्ममा पल र प्रदीपसँग सिम्रन र जुनाको जोडी
‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक, सोनम र उपासनाको जोडी जम्यो

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र

  • ५.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    सौराहाको पर्यटनलाई सामाजिक सेवासँग जोड्दै ग्रीन सोसाइटी, विकट चेपाङ बस्तीमा स्वास्थ्य र शिक्षा अभियान

  • २.
    कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

  • ३.
    कात्तिक कृष्ण त्रयोदशी : धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

  • ४.
    आज कार्तिक २१ गते शनिबारको तपाइको राशिफल

  • ५.
    चितवन राइनोजको शानदार जित, पोखरा एभेन्जर्स लगातार चौथो खेलमा पराजित

  • ६.
    कृषाको फिल्ममा पल र प्रदीपसँग सिम्रन र जुनाको जोडी

  • ७.
    ‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक, सोनम र उपासनाको जोडी जम्यो

  • ८.
    कला, साहित्य र संगीत क्षेत्रका स्रष्टालाई मिलापको सम्मान

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.