• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ६. नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

  • ७. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ८. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • ९. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • १०. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

‘लाज शरणम्’को पोस्टरले दर्शकको मन जित्दै

  •   सोमबार, पुष २२, २०८१ मा प्रकाशित

चलचित्र ‘लाज शरणम्’को पोस्टरले यो सिनेमाप्रतिको अपेक्षा बढाइदिएको छ । कमेडी र कथा एकसाथ देखिएको पोस्टरले सिनेमाप्रतिको अपेक्षा बढाइदिएको हो ।

चलचित्रको मख्य प्रचार सामग्रीमध्यको एक हो पोस्टर । पोस्टरको राम्रो डिजाइन भयो भने त्यसले चलचित्रको कथा भन्दै दर्शकमा कौतुहलता बढादिन्छ । यो काम ‘लाज शरणम्’को पोस्टरले गर्यो ।

पोस्टर राम्रो हुँदा र दर्शकले त्यसलाई मन पराइदिँदा सिनेमा नै प्रतिक्षित बन्छ । दर्शक सिनेमा रिलिजको पर्खाइमा हुन्छन् । यो सफलता पनि ‘लाज शरणम्’ले पायो ।

पोस्टर, टिजर र ट्रेलर सिनेमाको सारांश हुन् । ‘लाज शरणम्’को टिजर र ट्रेलर त आउन बाँकी नै छ । तर पोस्टरले भने सिनेमाको हाइप बढाउने काम गरे ।

निर्माणपक्षले एकसाथ सार्वजनिक गरेका तीनवटै पोस्टरको दर्शकले तारिफ गर्दा सिनेमाको पर्खाइमा दर्शक रह्यो । पोस्टरले दिएको सफलता टिजर र ट्रेलरले जोगाउन सक्छ कि सक्दैन त्यो भने हेर्न बाँकी छ ।

के थियो पोस्टरमा ?

‘लाज शरणम्’को टिमले तीनवटा पोस्टर सार्वजनिक गरेको थियो । पोस्टरका कथा र कमेडी एक साथ देखिएको थियो । गम्भीर विषयलाई रमाइलो तरिकाले ‘लाज शरणम्’ले कथा भन्ने पोस्टरले संकेत गरेको थियो । तर, प्रष्ट रूपमा कथा के हो खुलाएको छैन ।

सार्वजनिक गरिएका पोस्टरमा चलचित्र अधिकांश मुख्य कलाकार अटाएका छन् । पोस्टरमा पाँच जना कलाकार फिचर्ड छन् । चार जना चिनिए पनि एक जना चिनिँदैन ।

पहिलो पोस्टरमा कफिनभित्र हरिस निरौला (क्रकोज), विजय बराल, सागर लम्साल (बले) र अर्जुन घिमिरे (पाँडे) छन् । कफिनभित्रबाट उनीहरूले केही आश्चर्य र रमाइलो मिश्रित भावमा केही हेरिरहेका छन् । यसलाई मृत्युपछि मान्छेले के देख्छ होला भन्ने परिकल्पनाका रूपमा बुझ्न सकिन्छ ।

दोस्रो पोस्टरमा हात तराजु बोकेर एक व्यक्ति कफिनमाथि उभिएका छन् । उसको तराजुमा यार्सा र सुनको विष्कुट जोखिरहेको देखिन्छ । सुनको विष्कुट यार्साको भन्दा भारी तौल देखाइएको छ ।

उसको अगाडि हिमाल र त्यसको काखमा बस्ती छ । यो पोस्टरले सम्पत्तिको लोभ र बाध्यतामा मान्छे कसरी मृत्युसम्म पुगिरहेको छ भन्ने बुझ्न सकिन्छ ।

अर्को पोस्टरमा हरिष र विजय छन् । हरिषको ढाडमा बसेर विजयले मान्छेको हड्डीको शंख फुकिरहेको देखिन्छ । यसले प्रतिशोध साँधिरहेको देखाएको छ । सँगै विजय पनि सिनेमामा हाबी हुने एक पात्र हुन् भन्ने देखाउँछ ।

पोस्टरले अभाव, आम नेपालीको बाध्यता, मृत्युपछि पनि त्यसमा देख्ने पैसा देख्ने नेपाली र आफ्नै हिमाली बस्ती होस् वा परदेश नेपालीले मृत्युसँग साक्षात्कार गरिरहेको यथार्थलाई पोस्टरले देखाइदिएको छ ।

वर्षकै प्रतिक्षितमध्येको एक यो चलचित्र ‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हुँदैछ ।

यो चलचित्रलाई कुमार कट्टेल (जिग्री ब्रो’ले निर्देशन गरेका छन् ।

चलचित्रमा मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ । सिनेमालाई सुदीप बरालले छायांकन गरिरहेका छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

‘लाज शरणम्’को विदेश प्रदर्शन अधिकार बिक्री भइसकेको छ । सिनेमाको विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेसनलले किनेको छ ।

वितरण कम्पनीका प्याट्रिक सुवेदीका अनुसार ‘लाज शरणम्’लाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्ने योजना छ ।

सुवेदीले ‘लाज शरणम्’ आगामी फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशहरूमा प्रदर्शन गरिने जानकारी दिएका छन् । कुन–कुन देशमा प्रदर्शन हुने भन्ने विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिने सुवेदीले बताएका छन् ।

नेपालमा भने सिनेमालाई ब्यांकटेस इन्टरटेनमेन्टले वितरण गर्नेछ ।

सोमबार, पुष २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल
पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ६.
    नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा

भर्खरै

  • १.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • २.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • ७.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ८.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.