• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ७. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

हरिवंश र दयाहाङको ‘भूठान’ बैशाख १२ मा रिलिज हुने

  •   शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित

काठमाडौं ,पौष २६
‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलको निर्देशित दोस्रो सिनेमा ‘भूठान’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी म्याड मङ्की फिल्मस्ले आगामी वर्षको बैशाख १२ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।

यो सिनेमाको अंग्रेजी नाम ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ राखिएको हो । यसको अर्थ संसारकै सबैभन्दा खुसी व्यक्ति भन्ने हुन्छ । पोस्टरमा सिनेमाका मुख्य कलाकार हरिवंश आचार्यलाई केन्द्रमा राखिएको छ । निराश भावमा देखिएका उनको कपाल र दाह्री सेतै फुलेको छ ।

हलिउड अभिनेता ब्रुस डर्न र दयाहाङ राईलाई पनि पोस्टरमा देख्न सकिन्छ । दयाहाङ अमेरिकी आर्मीको पोशाकमा चित्रित छन् । पोस्टरमार्फत् पात्रको लुक्स र मनोदशा दर्शाउन खोजिएको छ । निर्देशक पौडेल स्वयंको लेखन रहेको सिनेमामा अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीलगायतको अभिनय छ ।

हलिउडका केही प्राविधिकहरुको पनि संलग्नता रहेको सिनेमाको निर्मातामा विनोद पौडेल, अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताव जोशी, सशांक मैनाली र किर्तना बाँस्कोटा रहेका छन् । निर्देशक पौडेलले विश्वभरका दर्शकका लागि सिनेमा बनाएको र जोकोहीले हेर्दा पनि कथाको भाव र गहिराइ महसुस हुने विश्वास व्यक्त गरेका छन् ।

निर्मातामध्येका एक अविरल थापा सिनेमामा हरिवंश आचार्यको अहिलेसम्म कतै नदेखिएको विल्कुलै नयाँ अवतार र अद्भूत अभिनय देख्न पाइने दाबी गर्छन् । ‘भूठान’ आचार्यको जीवनकै कालजयी सिनेमा बन्ने उनको विश्वास छ । सिनेमा भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्नु पर्दाको कथा र आफनो जराको खोज समेटेर बनेको छ ।

सिनेमामा सुसन प्रजापतिको डीओपी, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनी, सुर्य शाहीको कास्टिङ्ग, विमल सुवेदीको प्रोडक्सन डिजाइन तथा बलिउडका अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।

शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.