• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ६. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

लस एन्जसलसको आगलागीमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

  •   आइतबार, पुष २८, २०८१ मा प्रकाशित

हावाको वेग बढ्दै गएर आगोलाई पहिले नछोएका क्षेत्रहरूतर्फ धकेलिरहँदा दमकलकर्मीहरू शनिबार लस एन्जलस वरिपरिका विशाल डढेलोहरू नियन्त्रण गर्न समयसँगै दौडिरहेका थिए । सहरभर फैलिएको आगलागीबाट कम्तीमा १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । आगलागीले समुदायहरूलाई तहसनहस पारेको छ र हजारौँ दमकलकर्मीहरू र लाखौँ क्यालिफोर्नियाका बासिन्दाहरूको साहसको परीक्षा लिइरहेको छ ।

हवाई कर्मचारीहरूबाट सटीक उडानहरू सहित वीरतापूर्ण प्रयासहरू भए पनि पालिसेड्स आगलागी शनिबार बढ्दै गयो र यो पूर्वमा गेट्टी सेन्टर कला सङ्ग्रहालयको अमूल्य सङ्ग्रहहरू र उत्तरमा घना जनसङ्ख्या भएको सान फर्नान्डो उपत्यकातर्फ फैलिँदैछ ।

सारा कोहेनले लस एन्जलस टाइम्सलाई आफ्नो टार्जानास्थित घरमाथिको खतराबारे भन्नुभयो, “हामी चिन्तित छौँ, जब–जब उनीहरूले पानी खसाल्छन्, स्थिति राम्रो हुन्छ तर फेरि खराब हुन्छ ।”

मन्डेभिल क्यानियन क्षेत्रका फुटेजमा एउटा घर जलिरहेको देखाइएको छ । हावाको छोटो विश्राम द्रुत गतिमा हावाहुरीमा परिणत भइरहेको छ र यसले मौसम पूर्वानुमानकर्ताहरूका अनुसार आगामी दिनहरूमा आगलागीलाई बढाउनेछ ।

“दुर्भाग्यवश दक्षिणी क्यालिफोर्नियाका लागि आज फेरि गम्भीर आगो–मौसमको अवस्था बढ्नेछ र कम्तीमा अर्को हप्ताको सुरुसम्म रहनेछ”, राष्ट्रिय मौसम सेवाले भन्यो, “यसले चलिरहेका आगलागीहरूको विस्तार साथै नयाँ आगलागीहरूको विकासमा योगदान पुर्‍याउन सक्छ ।”

जीवित व्यक्तिहरूलाई सहरमा फैलिएको बाक्लो धुवाँका विषाक्त कणहरू सास फेर्नबाट बच्न बाहिर समय बिताउन वा मास्क लगाउन चेतावनी दिइएको थियो ।

पालिसेड्स आगलागी शनिबार ११ प्रतिशत नियन्त्रणमा थियो तर २३ हजार ६०० एकड ९९,५०० हेक्टर० सम्म फैलिएको थियो भने इटन आगलागी १४ हजार एकडमा फैलिएको र १५ प्रतिशत नियन्त्रणमा थियो ।

आधिकारिक तथ्याङ्कले १२ हजारभन्दा बढी संरचना जलेको देखाउँछ तर क्याल फायरका टोड हप्किन्सले सबै घरहरू नभएको र सङ्ख्यामा बाहिरी भवनहरू, आरभी, सवारी साधन र छाप्राहरू पनि समावेश भएको बताउनुभयो ।

लुटपाट र रातको समयमा कर्फ्युको रिपोर्टका साथ प्रहरी र नेसनल गार्डले मानिसहरूलाई विपद् क्षेत्रमा प्रवेश गर्नबाट रोक्नका लागि चौकीहरू स्थापना गरेका छन् ।

शव खोजी

यस त्रासदीमा मृत्यु भएकाहरूमध्ये सन् १९९० को दशकमा बेलायती टिभी साे ‘किड्डी क्यापर्स’ मा देखिएका पूर्व अस्ट्रेलियाली बाल कलाकार रोरी साइक्स पनि थिए ।

“मेरो सुन्दर छोरा रोरी साइक्सको हिजो मालिबु आगलागीमा मृत्यु भएको घोषणा गर्नुपर्दा म अत्यन्त दुःखी छु । म पूर्णतः टुटेकी छु”, उनकी आमा शेली साइक्सले सामाजिक सञ्जालमा लेख्नुभयो ।

अनुसन्धान

एफबिआई र ब्युरो अफ अल्कोहल, टोबाको, फायरआम्र्स एन्ड एक्सप्लोसिभ्स (एटिएफ) र स्थानीय अधिकारीहरू मिलेर आगलागीको कारण पत्ता लगाउन ठुलो अनुसन्धान भइरहेको लस एन्जलस काउन्टीका सेरिफ रोबर्ट लुनाले भन्नुभयो ।

“हामी कुनै कसर बाँकी राख्ने छैनौँ, यदि यो आपराधिक कार्य हो भने– म यस्तै हुन्छ भन्दिनँ : यदि हो भने, जसले यो गर्‍याे वा जुन समूह जिम्मेवार छ, उनीहरूलाई पक्राउ गर्नुपर्छ”, लुनाले कुनै जानकारी भएका व्यक्तिहरूलाई अगाडि आउन आग्रह गर्दै भन्नुभयो ।

डढेलो जानीजानी लगाइएको हुनसक्छ, तर प्रायः प्राकृतिक हुन्छन् र वातावरणको जीवन चक्रको महत्त्वपूर्ण हिस्सा हुन् ।

तर सहरी विस्तारले मानिसहरूलाई बढी जोखिममा पार्छ र जलवायु परिवर्तन–मानवताको जीवाश्म इन्धनको अनियन्त्रित प्रयोगले अतिप्रभावित गरेको–ले विनाशकारी आगलागी उत्पन्न गर्ने अवस्थाहरूलाई बढाइरहेको छ ।

आइतबार, पुष २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ६.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.