• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

फिल्म ‘कोशेढुंगा’ मा आर्यन सिक्देल ,सुरक्षा पन्त ,नीति शाह र प्रवीण खतिवडा अनुबन्धित

  •   मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित

 

काठमाडौं , माघ ८
हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’ निर्माणको घोषणा गरेसँगै यसको लाइनअपलाई लिएर चर्चा भइरहेको छ ।निर्देशक पौडेलको यो चलचित्रमा को–को कलाकार छन् भन्ने कुराको कौतुहल सिनेमा वृत्त र चलचित्रका शुवेच्छुकमा कौतुहल छ ।

निर्देशक सरोजका अनुसार चलचित्रका मुख्य कलाकारको लाइनअप पूरा भएको छ । सुरक्षा पन्त र आर्यन सिक्देलसँगै नीति शाह र प्रवीण खतिवडा अनुबन्ध भइसकेका छन् ।

थिम पोस्टरले पनि ‘कोशेढुंगा’मा महिला चरित्रले सिनेमा लिड गर्ने प्रष्ट संकेत गरिसकेको थियो । तर, को हो त्यो भने निर्देशक पौडेल खुलाएका छैनन् ।

सरोजले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै करिब ५० करोड ग्रसकलेक्सन गरिसकेको छ ।‘कोशेढुंगा’ सोसल ड्रामा हो । अभाव, अग्लो सपना र संघर्षको कथा चलचित्रले भन्ने संकेत थिम पोस्टरले गरेको छ ।

“सिनेमा कस्तो हुने, कथा के हो, कलाकार को–को हुने त्यो हामी केही समयपछि जानकारी गराउनेछौँ,” निर्देशक पौडेलले भने, “तर हामी यति भन्छौँ, पूर्ण बहादुरको सारङ्गी जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी मन जित्ने सिनेमा बनाउने प्रयासमा छौँ ।”

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले यो चलचित्र प्रतिक्षित हुनेछ । त्यसैले उनै निर्देशकले बनाउने ‘कोशेढुंगा’ पनि सफल हुनेमा अपेक्षा राख्न सकिन्छ ।फागुन २ गतेदेखि छायांकन हुने चलचित्र २०८२ मा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ ।

कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षित हुनेछ ।यो चलचित्रको छायांकन अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ। अन्तर्राष्ट्रिय वितरण ‘सेभेन सिज इन्टरनेसनल’ कम्पनीले खरिद गरेको छ ।

मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.