• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

पूर्णबहादुरको सारंगी-२ आउने, सक्सेस पार्टीमा गरियो घोषणा

  •   आइतबार, माघ १३, २०८१ मा प्रकाशित

विजय बराल अभिनीत फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले नेपालका हालसम्मका धेरै कीर्तिमान तोडेर ऐतिहासिक सफलता पाएपछि यसको सिक्वेल ल्याउने घोषणा निर्माण पक्षले गरेको छ।

फिल्म निर्माता कम्पनी सभेन सिजले आइतबार काठमाडौँमा एक कार्यक्रम गरी यो घोषणा गरेको हो।

पूर्णबहादुरको सारंगीको ऐतिहासिक सफलताको उपलक्ष्यमा उत्सव मनाइरहेको निर्माण टोलीले अर्को संस्कर्ण ल्याउने घोषणा गरेको हो। उक्त कार्यक्रममा सेभेन सिजले आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको छ। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले लोगोसहित फिल्मको अनावरण गरेका हुन्।

विजय बराल, अञ्जना बराइली लगायतका कलकार पनि कार्यक्रम उपस्थित छन्। गत कात्तिक १५ गतेबाट प्रदर्शन थालिएको यस फिल्मले नेपालभरि ५० करोड र विदेशमा २५ करोडभन्दा माथि व्यापार गरेको भनिएको थियो।

यसबीचमा नेपाली चलचित्र उद्योगमा उसले विभिन्न कीर्तिमान राख्न सफल भएको छ। अत्यधिक सो पाउनेदेखि सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड पनि यसै फिल्मको नाममा दर्ज भएको छ। व्यापारमा मात्रै होइन, ‘पूर्णबहादुरको सांरगी’ समावेश गीतहरू उत्तिकै लोकप्रिय बन्न पुगे। ‘रैया चाँदीको’ देखि ‘काँधेकुरी’, ‘नोटैले’ ‘मैझारो’ र ‘चरी’ बोलका गीतहरू टिकटकलगायत सामाजिक सञ्जालमा छाएका छन्।

यस फिल्ममा पश्चिम पहाडको गाइने समुदायका बाबुछोराको कथा छ। मुख्य भूमिकामा रहेका विजय बराल र अञ्जना बराइली यही फिल्मबाट करिअरको उपल्लो सिँढी चढेका छन्। रैया चाँदीको गीतमा मेलिना राईसँग पुरूष स्वर दिएका आशिष अविरलको गायकी स्थापित गराउन पनि यही फिल्म प्रस्थानबिन्दु बन्न पुगेको छ। यसअघि उनी संगीतकारको परिचयमा सीमित थिए। काँधेकुरीका गायक प्रशान्त सिवाकोटी यही गीतबाट चर्चित बन्न पुगे।

सरोज पौडेलको कथा र निर्देशन रहेको फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्। सेभेन सिजको प्रस्तुति रहेको यो फिल्म १ करोड ३० लाखमा बनेको हो।

आइतबार, माघ १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.