नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन्।
मगरले ६०१ मत ल्याएर महासचिव पदमा विजयी भएका हुन्। मगरका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरे।
थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन्। यो समूह नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मानिकट मानिन्छ।
यसअघि ११ जना सचिव र कोषाध्यक्ष पदको छिनोफानो भइसकेको छ।
तपाईको प्रतिक्रिया


