• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक २०, २०८३
☰
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ६. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ७. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ८. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ९. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • १०. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

प्रधानमन्त्री कार्यालयद्वारा नागढुङ्गा–मुग्लिन खण्डको अनुगमन

  •   शनिबार, माघ १९, २०८१ मा प्रकाशित

चितवन- प्रधानमन्त्री कार्यालयले नागढुङ्गा-मुग्लिन खण्डको अनुगमन गरेको छ । प्रधानमन्त्रीको निर्देशनपछि जनसम्पर्क सल्लाकार किरण पौडेलसहितको टोलीले सडकको अनुगमन गरेको हो ।

टोलीले निरीक्षणपछि एक वर्षभित्रमा निर्माण सम्पन्न गर्न सरोकार भएकालाई आग्रह गरेको छ । पृथ्वी राजमार्गअन्तर्गत राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य खण्डका रूपमा रहेको उक्त सडक स्तरोन्नतिका क्रममा सर्वसाधारणले दुःख पाएपछि यथाशीघ्र काम सम्पन्न गर्न सरोकार भएकालाई आग्रह गरिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहाकार पौडेल, निजी सचिव विनोदबहादुर कुँवर, प्रधानमन्त्री कार्यालयका सिनियर डिभिजनल इञ्जिनियर मोहदेव भट्ट, सडक विभागका उपमहानिर्देशक डा विजय जैसी, सिनियर डिभिजनल इञ्जिनियर सुरेश पौडेलसहितको टोलीले सडकको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेसहित दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो । साथै तीनै वटा खण्ड हेर्ने आयोजनाका प्रमुख, इञ्जिनियर, निर्माण कम्पनीका प्रतिनिधिलगायत उपस्थिति थियो ।

एक वर्षभित्रमा निर्माण सक्नेगरी तालिका अद्यावधि गरेर काम गर्न आग्रह गरिएको प्रधानमन्त्री कार्यालयका सिनियर डिभिजनल इञ्जिनियर भट्टले जानकारी दिनुभयो ।

चितवनका प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार नियमित अनुगमन गरी कामलाई यथासक्य छिटो सम्पन्न गरेर आमनागरिकलाई सहजीकरण गर्ने विषयमा आयोजना प्रमुखलाई आवश्यक निर्देशन दिइएको छ । उहाँले हरेक महिना अनुगमन गरी कामलाई तीव्रता दिने वातावरण मिलाइने बताउनुभयो ।

करिब ९५ किलोमिटर दूरी रहेको यो खण्ड तीन चरण (प्याकेज) छुट्याएर स्तरोन्नति भइरहेको छ । पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन गरी छुट्याइएको छ ।

पहिलो प्याकेजअन्तर्गत नागढुङ्गा–नौबिसे १२ दशमलव २६ किमी, दोस्रोमा ४३ दशमलव ५४ किमी र तेस्रोमा ३८ दशमलव ८६ किमी रहेको आयोजना कार्यालयले जनाएको छ ।

पहिलो प्याकेजको नागढुङ्गा–मुग्लिन खण्ड गत जेठ २७ गतेभित्र सम्पन्न गर्नेगरी सम्झौता भए म्याद नाघेको आठ महिना भइसकेको छ । हालसम्म ६५ प्रतिशत मात्र काम भएको छ । यो खण्डको स्तरोन्नतिका लागि रु एक अर्ब ३० करोडमा ठेक्का सम्झौता गरिएको थियो ।

दोस्रो प्याकेजअन्तर्गत नौबिसे–मलेखु खण्ड ४३ दशमलव ५४ किमी विसं २०८२ जेठ २७ भित्र सम्पन्न गर्नेगरी विसं २०७९ वैशाख १४ गते रु पाँच अर्ब ३३ करोड १९ लाख लागतमा ठेक्का सम्झौता भएको हो । यो खण्डअन्तर्गत २८ प्रतिशत मात्र काम भएको छ भने निर्माणको म्याद थप गरी विसं २०८३ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

तेस्रो प्याकेजमा मलेखु–मुग्लिन खण्ड पर्दछ । यसको लम्बाइ ३८ दशमलव ८६ किमी छ । रु चार अर्ब ८० करोड ५९ लाखमा निर्माण गर्नेगरी विसं २०७९ पुस १५ गते ठेक्का सम्झौता भएको थियो ।

सम्झौताअनुसार विसं २०८२ पुस १५ गतेभित्र सम्पन्न गर्नुपर्नेमा हालसम्म २३ प्रतिशत मात्र काम भएको छ । यस खण्डबाट दैनिक करिब १५ हजार सवारीसाधन आवतजावत गर्छन् ।

शनिबार, माघ १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट
रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ६.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

भर्खरै

  • १.
    एनपीएलमा काठमाडौं गोर्खाजको सानदार जित, विराटनगर ८३ रनमै अलआउट

  • २.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ३.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ७.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ८.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.