• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

सन्तोष सेन निर्देशित सिनेमा ‘बलिदान’को छायांकन सकियो

  •   शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित

निर्माण घोषणादेखि नै चर्चा र दर्शकको प्रतीक्षामा रहे को सिनेमा ‘बलिदान’को छायांकन चार महिनामा सकिएको छ ।

निर्देशक सन्तोष सेनले कठिन परिस्थितिसँग जुध्दै उत्कृष्ट सिनेमा निर्माणको लक्ष्य पूरा गर्ने क्रमको छायांकन चरण पार गरेको जानकारी दिएका छन् । शुक्रवार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा लिइएको अन्तिम दृश्यमा अभिनेता समीर भट्ट र अभिनेत्री ऋचा शर्माको अभिनय रहेको थियो ।

निर्देशक सेनका अनुसार ‘बलिदान’लाई महान सिनेमा बनाउने यात्रामा कुनै सम्झौता गरिएको छैन । ‘कथाको सिर्जना होस् वा कलाकार, प्राविधिक र प्रविधिको छनोट हामीले सोचेभन्दा राम्रो गर्न सफल भयौं । शारीरिक, मानसिक र भावनात्मक रूपमा धेरै संघर्ष गर्यौं तर सिनेमालाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेनौं,’ उनले भने ।

निर्माण टोलीको मेहनतबारे बोल्दै उनले थपे, ‘चार महिनासम्म रातदिन रगत(पसिना बगाएर मेहनत गर्यौं । यो सिनेमाको लागि सम्पूर्ण टिमले जुन बलिदानी दिएको छ, त्यसलाई शब्दमा मात्र धन्यवाद दिएर पुग्दैन । म विश्वस्त छु, उनीहरूको काम ‘बलिदान’ मार्फत अमर रहनेछ ।’

यो सिनेमा देशका लागि केही गर्ने जोस र हुटहुटीले बनेको सेनको भनाई छ । उनले दर्शकको सदाशयताले थप प्रेरणा दिएको बताउँदै भने, ‘आगामी दिनमा पनि दर्शकको साथ पाइरहने विश्वास छ । कथाको आवश्यक बलिदानी दिएर अन्तिम दृश्य खिच्यौं र छायांकनको चरणलाई बिट मार्यौं ।’

सिनेमाको सम्पादन कार्य अब छिट्टै सुरु हुने र पोस्ट प्रोडक्सनका क्रममा पनि कुनै सम्झौता नगर्ने निर्देशक सेनले बताए । सिनेमाको प्रदर्शन मितिबारे निर्देशक सेनले भने, ‘अब छिट्टै टिजर रिलिज हुनेछ, जसमा रिलिज मिति घोषणा गरिनेछ ।’ यो सिनेमाको रिलिज मितिलाई लिएर दर्शकमा उच्च अपेक्षा रहेको छ ।

नेपाली सिनेमा उद्योगमा ऐतिहासिक र देशभक्तिपूर्ण कथावस्तुका कारण ‘बलिदान’ प्रति दर्शकको विशेष चासो रहँदै आएको छ । सिनेमामा उत्कृष्ट कलाकारहरूको सहभागिता, प्रविधिको उच्चतम प्रयोग र कथाको गहिरो प्रभावशीलताले यसलाई बहुप्रतिक्षित बनाएको छ । सम्भवतः निरन्तर रूपमा सबैभन्दा धेरै समय छायांकन भएको र सबैभन्दा महँगो लगानीको सिनेमाको रूपमा पनि ‘बलिदान’लाई हेर्न सकिन्छ ।

सिनेमामा अभिनेता समीर भट्टको प्रमुख भूमिका छ, भने सौगात मल्ल, अर्पण थापा, कामेश्वर चौरासिया, ऋचा शर्मा लगायतका कलाकारको पनि अभिनय रहेको छ । ‘बलिदान’को कथा नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको संघर्षमा आधारित रहेको बताइएको छ ।

सिनेमामा दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्य खिचेका थिए । यो सिनेमाको क्लाइमेक्स दृश्यहरू छायांकनका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माण गरिएको थियो, जसको व्यापक चर्चा भएको थियो ।

सिनेमाको संगीतका लागि आर्टमान्डु टिमका सदस्यहरू गायक सुजन चापागाई, गीतकार हर्क साउद र निर्देशक नवीन चौहानको समूहले ‘बलिदान’का गीत, संगीत तथा ब्याकग्राउण्ड म्युजिकमा काम गरिरहेको छन् । आसुसेन फिल्मस् प्रालिको प्रस्तुति रहेको सिनेमामा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह(निर्माताको भूमिकामा छन् ।

शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.