• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ७. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

‘फेरि रेशम फिलिली’ – ‘कमेडी’ बट ‘नट जस्ट अ कमेडी : निर्देशक निरोज

  •   शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
कमेडीको फरक स्वाद बोकेर २०७२ सालमा ‘रेशम फिलिली’ आयो । ‘जालमा’ गीतको अभूतपूर्व सफलता र उस्तै नविन शैलीको कमेडी ट्रेलरका कारण प्रतिक्षित बनेको थियो त्यतिबेला यो सिनेमा । रिलिज भएको झण्डै दशक पुग्ने लाग्दा खबर सार्वजनिक भयो- सिनेमाको सिक्वेल आउँदैछ ।

सँगै खबर आयो- सिक्वेललाई डेब्यू निर्देशकले निर्देशन गर्नेछन् । अक्सर सिक्वललाई पुरानै निर्देशकले निर्देशन गर्छन् यसको हकमा भने निर्देशक नयाँ हुने भए ।

त्यसैले धेरैलाई संशय छ, के यी निर्देशकले सिनेमाको पुरानो साख कायम गर्लान ? यो सिनेमा जेका लागि मनपराइएको थियो त्यो अन्तर्य बोक्न यी नव निर्देशकले सक्लान् त ?

तर धेरैलाई थाहा नहुन सक्छ यो सिनेमाबाट फिचर सिनेमामा डेब्यू गर्न लागेका निरोज महर्जन ‘रेशम फिलिली’ निर्माण प्रक्रियामा पनि संलग्न थिए । ‘त्यो टिमको सदस्य नै थिए । कहिले असिस्ट गरिराको हुन्थे । कहिले विनय दाइ (विनय श्रेष्ठ) को डायलग लेखिरा हुन्थे । त्यसमा प्रोडक्सन मेरो मामाले हेरिरहनु भा थ्यो । निर्देशक (प्रणव जोशी)सँग पहिलेदेखि चिनेको तथा काम गरिरहेको थिए नै । म्यूजिक भिडियोहरुमा सँगै काम गरिरहेका थियौं । त्यो सिनेमामा एउटा सानो भूमिका पनि गरेको छु’, उनले भने ।

सिनेमाका सिक्वेलको खासियत भनेको के हो भने त्यो पहिलो जस्तो दोश्रो वा तेश्रो कहिल्यै हुँदैन । त्यस्तोमा उनले यही सिनेमालाई डेब्यू सिनेमा किन बनाए त ?

उनी भन्छन्- ‘सबै कुरा जुर्दै गयो । हामी सिनेमा गर्ने भनेर हिँडिराथियौं । मलाई सिनेमामा गर्नुथियो । फेरि यो एउटा चलिसकेको नाम पनि हो । मलाई लाग्यो – डेब्यूका लागि यो भन्दा अर्को उत्कृष्ट अवसर होला र भयो। त्यसका अलावा पूर्णरुपमा यो कथा मेरो हो । मलाई भन्न मन लागेको कथा । फिलिलीको दुनियाँमा मिलेको कथा भएर गरेको हुँ।’

त्यसैले उनी आफ्नो सिनेमाले सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने ठान्छन् । उनलाई यो सिनेमाबाट पहिलो सिनेमाको निर्देशक भन्दा ‘स्ट्याण्डआउट’ हुनुपर्ने चुनौती छ । यसमा उनी आशावादी सुनिए।

‘त्यही उदेश्यले नै गरेको हो । गीत, टिजर र ट्रेलर आइसकेको छ । यसले त्यो चुनौतीलाई राम्रो प्रतिक्रिया दिइरहेको प्रतिक्रिया पाइरहेको छु । अब स्ट्याण्डआउट कुन रुपमा कसरी हुन्छ सिनेमा रिलिजपछि दर्शकहरुले अझ स्पष्टरुपमा भन्नुहुनेछ । तर यो सिनेमामा मलाई भन्न मन लागेको कथा भनेको छु, जुन सिनेमा आएपछि देखिने नै छ ।’

यो सिनेमाले दर्शकलाई वाचा गर्ने भनेको हाँसोको भरपुर मनोरञ्जन हो । सिनेमामा दुई मूल पात्र छन् – रेशम र हरिया , जहाँ हरियाले रेशमलाई आफ्नो बचपना हर्कतले हरदम समस्यामा पारिरहन्छ । यही कुराले सिनेमाको कथालाई कमेडीको उचाइमा लादैं दर्शकलाई मनोरञ्जनको डोज पस्कन्छ ।

नव निर्देशक यो मामिलामा कुन रुपमा प्रस्तुत होलान ? उनी माथि यो सिनेमालाई लिएर उठ्ने एउटा अर्को प्रमुख प्रश्न हो ।

‘यो कुरामा म विश्वस्त छु । पहिलेको जस्तै अहिलेकोले पनि दर्शकलाई हँसाउनेछ । त्यसका अलवामा मैले टिजर ट्रेलरमा मैले ‘नट जस्ट अ कमेडी’ भनेर बकाइदा लेखिदिएको छु । यसमा कथा छ जसले सन्देश पनि दिन्छ । कमेडीको साथमा ड्रामा पनि छ। म त यसलाई अझ कमेडी-ड्रामा भन्न रुचाउँछु । निश्चित रुपमा यो पहिलो भन्दा फरक छ ।’

यस्तो आत्मविश्वासमा रहेका निरोज अगाडि भन्छन् – पहिलोभन्दा कथाका हिसाबले यो अझ राम्रो छ । दर्शकले यसलाई स्वीकार गर्नुहुनेछ । विषय र मुद्धामा अगाडि छ यो सिनेमा।

निरोज आफ्नो यो सिनेमाले पुरानो नोस्टालजियालाई अनुभूत गराउने बताउँछन् । सिनेमाले रेशम र हरियाको मित्रताका माध्यमबाट दर्शकलाई मनोरञ्जन दिदैं जसरी अहिलेको नेपाली समाजले विकशित मुलुक जानेलाई रोमान्टिसाइज गर्ने र खाडी मलेसियामा जानेप्रति राख्ने इत्तर दृष्टिकोण राख्छ यही कथा यसले भन्छ।

त्यसैले पनि यो सिनेमा फर्मूला कम अर्गानिक नै भन्दा बढि न्यायपूर्ण हुने उनको बुझाइ छ । यो बाहेक अन्य विषय पनि सिनेमाको सब-प्लटमा मुखरित भएको उनको भनाइ छ ।

यसैगरी निरोज यो सिनेमालाई पहिलेको कथाको निरन्तरता भन्दा पनि रेशम र हरिया पात्रको मित्रताको नोस्टालजियामा भनिएको फरक परिवेशको कथा भन्न रुचाउँछन् ।

‘रेशम र हरियाको मित्रताको नोस्टालजिया यसले बोक्छ । त्यसका अलावा सिनेमाले पूर्णतया नयाँ विषय र कथा प्रस्तुत गर्छ।’

रिलिज मिति नजिकिदैं गर्दा एक खालको ‘फिङ्गर क्रस’ स्थितिमा रहेका निरोज ‘पहिलो राम्रो कि अब तपाईंले ?’ भन्ने प्रश्नमा उनले त्यसको जवाफ दर्शकले दिने बताउँछन् । यध्यपी उनले दुबै सिनेमा आफ्ना हिसाबले फरक भएको कुरालाई पुनः जोड दिए ।

‘पहिलो सिनेमामा स्ल्यापेस्टिक अप्रोजमा थियो, यो धेरै ड्रामामा केन्द्रित छ । हामीले यसमा कन्टेन्ट बलियो बनाउन खोजेको छौं । कमेडी त छँदैछ तर विषयका हिसाबले हेर्ने हो भने यो बढि बलियो छ’, उनी भन्छन् ।

सिनेमा फागुन १४ गते शिवरात्रीका दिनमा रिलिज हुँदैछ। सिनेमाले आफ्नो आकार प्रकार धारण गरिसकेको छ । यो सिनेमालाई लिएर उनी ढुक्क छन्। लेख्दा जुन दुनियाँको कल्पना उनले कल्पना गरेका थिए, त्यो पर्दामा मुखरित भएको उनले पाएका छन् । सिनेमाबाट नयाँ निर्देशकका रुपमा चिनिनेमा निरोज ढुक्क देखिए ।

शुक्रबार, फागुन ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.