• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ६. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • ९. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • १०. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

‘फेरि रेशम फिलिली’को प्रिमियरमा फिल्मको तारिफ

  •   बुधबार, फागुन १४, २०८१ मा प्रकाशित

काठमाडौं , फागुन १४
मंगलबार ललितपुरको लाबिम मलमा ‘फेरि रेशम फिलिली’को भव्य प्रिमियर सम्पन्न भएको छ। सिनेमा आर्टस् जस्तो प्रतिष्ठित फिल्म निर्माण कम्पनी निर्मित सिनेमा भएकाले पनि काठमाडौंमा उपलब्ध अधिकांश सेलिब्रेटीहरू प्रिमियरमा उपस्थित थिए।

प्रिमियरअघि उनीहरूबीच चलेको खासखुसमा १० वर्षअघिको सिनेमाको सिक्वेल कस्तो बनेको होला भन्ने कुरामा विशेष चासो रहेको पाइन्थ्यो। सिनेमा हेरेपछि भने उनीहरू खुशी देखिन्थे। कारण, सिनेमामा उनीहरूलाई मनपर्‍यो, अधिकांशले क्यामरा अगाडि अप्ठ्यारो नमानी सिनेमाको कमेडी शैली र त्यसले दिएको सन्देशको तारिफ गरे, जुन धेरैजसो नेपाली सिनेमाको प्रिमियरमा बिरलै हुने गर्छ। कतिपय प्रिमियरमा त सिनेमा हेर्न पुगेका सिनेकर्मीहरू क्यामरा छल्दै हिँडेको देखिन्छ, तर हिजो भने फरक दृश्य देखियो, उनीहरू क्यामरा छलेर भागेनन्।

उनीहरूले क्यामरा अगाडि खुलेरै सिनेमाले पेट मिचिमिचि हसाएको भन्दै सिनेमाको तारिफ गरे।

सिनेमाको प्रिमियरमा पुगेका ‘उनको स्वीटर’बाट डेब्यू गर्न लागेका नविन चौहानले आफूलाई सिनेमा ‘फिलिली’ अर्थात् राम्रो लागेको प्रतिक्रिया दिए भने वरिष्ठ कलाकार, निर्माता तथा निर्देशक अशोक शर्माले सिनेमालाई ‘बबाल रमाइलो’ भन्दै थम्सअप गरे।

यसैगरी ‘ए मेरो हजुर’ सिरिजका निर्माता सुनिल कुमार थापाले सिनेमा आफूले सोचेभन्दा धेरै राम्रो बनेको बताए भने सिनेमाका ‘हरिया’ कामेश्वर चौरसियाको कामको तारिफ गरे। ‘पिताम्बर’ सिनेमाको प्रदर्शनको तयारीमा रहेकी निर्मात्री-निर्देशक कृषा चौलागाईंले ‘आउटस्ट्यान्डिङ’ अर्थात् ‘उत्कृष्ट’ भएको प्रतिक्रिया दिँदै ‘यो फिल्म हेरेन भने रमाइलो गर्नै बिर्सनुहुन्छ’ भनिन्।

अभिनेत्री ऋचा शर्माले कमेडी च्याम्पियनपछि ‘फेरि रेशम फिलिली’ हेरेर ‘एकदमै रमाइलो’ लिएको बताउँदा अर्की अभिनेत्री शिल्पा मास्केले सिनेमा ‘एकदमै मनोरञ्जक’ बनेको बताइन्। ‘कबड्डी’ सिरिजमा ‘झाँक्री बा’ पात्रबाट लोकप्रिय बनेका सिनेमा लेखक, निर्देशक तथा साहित्यकार उपेन्द्र सुब्बाले आफ्ना दुबै हातले थम्सअप गर्दै ‘बबाल, बाबाल, बाबाल फिलिली’ भन्ने प्रतिक्रिया दिए।

यस्तै चर्चित कमेडियन सुमन कार्कीले ‘बबाल मजा आयो, मस्त’ भन्दै सिनेमामा ‘हाजमोला’ चरित्र निर्वाह गरेका आफ्ना समकालीन साथी म्याकसम गौडेलको तारिफ गर्दै ‘म्याकसम गौडेल जिन्दावाद’ भने। उनले आफ्ना साथीलाई ठूलो पर्दामा पहिलो पटक देख्न पाउँदा खुशी लागेको बताए।

यसैगरी निर्माताहरू सरोज न्यौपाने र रोहित अधिकारीले सिनेमा बाबाल लागेको बताए भने हाल ‘जेरी अन टप’ निर्देशन गरिरहेका सुयोग गुरुङले पनि आफूलाई सिनेमा ‘दामी’ लागेको बताए।

यस्तै अभिनेत्री सिमरन खड्काले सिनेमा एकदमै राम्रो लागेको बताउँदै ‘कामेश्वर चौरसिया सर केकमा चेरी हुनुहुन्छ, सबै जना आएर हेरिदिनुहोला’ भनिन्।

यसैगरी कलाकार र सिनेकर्मीको साथमा प्रिमियरमा सिनेमा हेरेका रंग पत्रकारहरूले सिनेमा रमाइलो, व्यवसायिक बनेको भन्दै डेब्यू निर्देशक निरोज महर्जनको कामको तारिफ गरे। उनीहरूले नेपाली सिनेमाले राम्रो निर्देशक पाएको बताएका थिए।

उता स्ट्यान्डअप कमेडियन भरतमणि पौडेलले पनि म्याकसम गौडेलको उच्च प्रशंसा गर्दै आफूले सो भूमिका गर्न नसक्ने बताए। उनले गौडेलले ‘कस्तो दामी काम गरेको रैछ’ भने।

यसैगरी अर्का कमेडियन सुमन कोइरालाले सिनेमालाई ‘पैसा वसुल’ भन्दै ‘मलाई नेपालमा बनेको कमेडी फिल्म यत्तिको टेक्निकल, कथाहरू यत्तिको अर्गानिक र यस्तो राम्रो तरिकाले देखाएको थाहा छैन। अहिलेचाहिँ साँच्चिकै राम्रो फिल्म हेरेको महसुस भयो।’ उनले सबै कलाकारले आफ्नो पात्रमा ‘नेक्स्ट लेभल’ काम गरेको बताए।

त्यस्तै कमेडियन कैलाश कार्कीले सिनेमालाई १० मा ९ रेटिङ दिए। उनले सो रेटिङ साथीको फिल्म भएर नदिएको स्पष्ट पार्दै भने – ‘म्याकसमलाई हटाएर दिए पनि ९ नै हो। समग्रमा सिनेमा राम्रो छ। यो मैले सिनेमा मन परेर नै भनेको हो। फिल्म पैसा तिरेर हेर्दा मस्त पैसा असुल्ने छ।’

बुधबार, फागुन १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ५.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ६.
    आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.