बैशाख २५ ,काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लज्जास्पद हार व्यहोरेको छ ।शनिबार राति भएको खेलमा युनाईटेडलाई ब्राइटनले ४-० गोल अन्तरले हराएको हो ।खेलको १५ औं मिनेटमा मोइसेसले गोल गर्दै ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए ।४९ औं मिनेटमा मार्क कुकुरेलाले गोल गर्दै ब्राइटनको अग्रता दोब्बर बनाए ।
खेलको ५७ औं मिनेटमा पास्कल ग्रोबले गोल गर्दै ब्राइटनलाई ३-० को अग्रता दिलाए । ।त्यसपछि खेलको ६० औं मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई ४-० को जित दिलाए ।जितसँगै ब्राइटनले ३६ खेल ४७ अंक जोडेको छ ।ब्राइटन नवौं स्थानमा रहेको छ ।युनाईटेड ५८ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
तपाईको प्रतिक्रिया


