बैशाख २५ ,काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार लिभरपुल बराबरीमा रोकिएको छ ।शनिबार राति भएको खेलमा लिभरपुल टोटेनहमसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।घरेलु मैदानमा लुइस डियाजले गोल गरेपछि लिभरपुल हारबाट जोगिएको हो ।
खेलको ५६ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।तर, खेलको ७४ औं मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए ।यस बराबरीसँगै लिभरपुलले ३५ खेलमा ८३ अंक जोडेको छ ।लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।टोटेनहम ६२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
तपाईको प्रतिक्रिया


