बैशाख २६ काठमाडौं ।मुम्बईमा आइतबार राति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले दिल्ली क्यापिटल्सलाई ९१ रनले हराएको छ ।
चेन्नईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ४ बलमा अलआउट हुँदै १ सय १७ रन जोड्न सक्यो ।दिल्लीका लागि मिचेल मार्शले २५ रन जोड्दा शार्दुल ठाकुरले २४ रन जोडे । ऋषव पन्तले २१ तथा डेभिड वार्नरले १९ रन बनाए ।चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए । मुकेश चौधरी,सिमर्जित सिंह रड्वाने ब्राभोले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले ६ विकेट गुमाएर २ सय ८ रन जोडेको थियो । चेन्नईका लागि डेभोन कोन्वेले ८७ रनको अर्धशतकीय इनिङ खेले ।रुतुराज गायकवाटले ४१ रन जोड्दा शिभम डुबेले ३२ रन बनाए । कप्तान महेन्द्र सिंह धोनीले अविजित २१ रन जोडे ।
दिल्लीका एन्रिच नोर्कियाले ३ तथा खलिल अहमेदले २ विकेट लिए ।जितसँगै चेन्नईले ११ खेलमा ८ अंक जोडेको छ ।चेन्नई आठौं स्थानमा उक्लिएको छ ।दिल्ली ११ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।



