• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ५. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ६. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ७. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • १०. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

‘नरसिंहा अवतार’मा ‘राम्रो मेहेनत गरेको छु : रमेश चन्द सोडारी

  •   सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित

काठमाडौं ,बैशाख ०८
निर्देशक दिवाकर भट्टराई आफ्नो एक्सन ड्रामा ‘नरसिंहा अवतार’ लागि धमाधम गठिलो शरिर र एक्सन गर्नसक्ने रफ एण्ड टफ लुक्सवाला अभिनेताको खोजीमा थिए।

उनको यो फिल्मका लागि यस्तै विशेषता बोकेका अनुहारहरुको आवश्यक्ता थियो। लिडका लागि उनले राज कटुवाल भेटे भने अर्को एक अनुहारको खोजी गर्दा भेटिए रमेश चन्द सोडारी ।

‘निर्देशक दिवाकर भट्टराई सर ‘नरसिंहा अवतार’को लागि एकजना अलि एक्सनमा निपूर्ण कलाकारको खोजीमा हुनुहुँदोरहेछ । कोरियोग्राफर माइकल चन्दले मेरो फोटोहरु देखाउनुभएछ । फोटो हेरेपछि मलाई मिटिङका लागि बोलाउनुभयो र स्क्रिप्ट सुनाउनुभयो’, रमेशले आफ्नो पहिलो बिगबजेट फिल्मसँग जोडिनुको प्रसंग सुनाउँदै भने ।

जिम गरेर बनाएको आकर्षक शरिरको साथमा मिक्स मार्सल आर्टको लामो समयदेखिको अभ्यास यो फिल्मका लागि क्वालीफाइ हुन रमेशका लागि पर्याप्त बन्यो।उनी मिक्स मार्सल आर्टको साथमा तेक्वान्दो र सितेरियो कराँतेका ब्यालकबेल्टसमेत हुन् भने जिम्न्यास्टिकमा पनि कुशल छन् ।

अहिले पनि उनी हरेक विहान ४ बजे जिम पुग्छन् भने ८ बजेदेखि ११ बजेसम्म मिक्स मार्सल आर्टको अभ्यास गर्छन् । यो उनको दैनिकीजस्तै बनिसकेको छ ।‘नरसिंहा अवतार’मा उनी सकारात्मक भूमिकामा प्रस्तुत हुनेछन् । यो फिल्मबाट निक्कै आशावादी रहेको उनी बताउँछन् ।

‘राम्रो मेहेनत गरेको छु त्यसैले मैले मेरो कामले उचित नतिजा पाउने आशामा छु । दर्शकहरुले मेरो पात्र मनपराउनुहुनेछ, यो मान्छेले राम्रो गरेको छ भन्ने प्रतिक्रिया सुन्न पाउने आशा छ’, उनले भने ।

‘नरसिंहा अवतार’लाई उनी मनोरञ्जनको प्याकेजका रुपमा व्याख्या गर्छन् ।‘यो एक्सन, लभस्टोरी भएको एउटा प्याकेज फिल्म हो । प्याकेजका सबै कुराले यो फिल्म भरिपूर्ण छ।’ठूलो पर्दामा रमेशको यो चौथो फिल्म हो ।

‘मेहेन्दो’ फिल्मबाट नेपाली रजतपटमा डेब्यूको मौका उनले पाए तर फिल्मले हलको बाटो समाउन सकेन। डोल्पामा सुटिङ भएको रिलिज नै भएन ।

डेब्यू फिल्मको यो दुखान्त नतिजालाई उनी एउटा टुटेको सपना मान्छन् र हरेक दिन यही टुटेको सपना सम्झेर अझ बढि मेहेनत गर्छन् कुनै दिन त्यो सपना बिर्साउने कामना गरेर।

उनलाई लाग्छ यो फिल्म रिलिज भएको हुँदो हो त आज उनी करियरका हिसाबले केही फरक अवस्थामा हुने थिए। त्यो फिल्म रिलिज नहुँदा उनको संघर्षले आशातित नतिजा अझै नपाएको उनको बुझाइ छ ।

यो फिल्मपछि ‘मन त परदेशी’, विराज भट्टको ‘साङ्लो’ तथा ‘वानर सेना’ नामका ३ फिल्म गरे ।यी सबै फिल्म उनका लागि सिकाइका पाठशाला भए र अब ‘नरसिंहा अवतार’ भने उनका लागि बोर्ड परिक्षा भएको उनको बुझाइ छ ।

‘यो फिल्मबाट म आशावादी छु। विग बजेट, विग व्यानर, विग क्यानभासको फिल्म पाएको छु। सिने बजारमा पनि आशा गरिएको फिल्म हो यो। कथा प्रस्तुति दर्शकको स्वादलाई ध्यानमा राख्दै बनाइएको छ। अघिल्ला फिल्महरु मेरा सिकाइका कक्षा थिए भने ‘नरसिंहा अवतार’लाई मैले बोर्ड परिक्षा ठानेको छु र मैले यसबाट डिस्टिङ्सन ल्याउने गेस गरेको छु। आगे दर्शकको मर्जी’, फिल्मप्रतिको विश्वास देखाउँदै रमेशले भने ।

कयौं म्यूजिक भिडियोमा समेत आफ्नो क्षमता देखाइसकेका रमेशले नेपाली रजतपटमा संघर्ष थालेको झण्डै दशक पुग्न लागेको छ । यो दशक लामो मेहेनत र संघर्षको नतिजा ‘नरसिंहा अवतार’ले दिने वलियो विश्वास छ उनलाई ।उनको यो विश्वासको नतिजा जेठ ९ गते थाहा हुनेछ ।

सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ५.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ६.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.