• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. जग्गा भाडामा लिएर सयपत्री खेती

  • २. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ५. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ६. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ७. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ८. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • ९. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

  • १०. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

‘जार’ अभिनेत्री गीताञ्जली जसका सिनेमाले विश्व फन्को मारिसके

  •   शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित

काठमाडौं ,बैशाख १९
नेपाली कथानक चलचित्र ‘जार’ वैशाख २६ गते रिलिज हुँदैछ ।सामाजिक विषयवस्तुमा आधारित रहेर बनेको चलचित्रमा चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकार मुख्य भूमिकामा छन् ।

चलचित्रमार्फत अभिनेत्री गिताञ्जली देखिँदा उनी नेपाली दर्शकका लागि फ्रेस अनुहार हुनभन्दा हुनेछ । किनकी ‘जार’मा उनी देखिँदा दर्शकले नयाँ कलाकारको अभिनय देख्न पाउनेछन् । अर्थात् ‘जार’मा एउटै नायिका दोहोरिरने अवस्था दर्शकले देख्नुपर्ने छैन ।

गीताञ्जली थापा नेपाली सिनेमाका लागि दोहोरिरहेको नाम नभए पनि उनी उम्दा कलाकार हुन् । नेपालमा मात्रै होइन बलिउडमा पनि आफूलाई अब्बल प्रमाणित गरिसकेकी कलाकार हुन् ।

भारमा उम्दा कलाकार मात्रै होइन उजी राष्ट्रिय अवार्ड विनर आर्टिस्ट पनि हुन् । गीताञ्जली ‘लायर्स डाइस’बाट भारतीय राष्ट्रिय सिनेमा पुरस्कार विजेता अभिनेत्री हुन् ।यतिमात्रै होइन नेटफ्लिक्सका प्रयोगकर्ताका लागि परिचित नाम हो, गीताञ्जली । नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा पनि गीताञ्जलीले अभिनय गरेकी छन् ।

उनका सिनेमाले नेपाल र भारतमा मात्रै होइन विश्व फन्को मारिसकेका छन् । विश्वका ठूला र प्रतिष्ठित फिल्म फेस्टिभलमा उनका चलचित्र स्क्रिनिङ भइसकेका छन् । वर्ल्ड सिनेमाका दर्शकले गीताञ्जलीका चलचित्र हेरिसकेका छन् ।

गीताञ्जली अभिनित सिनेमा टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्कलगायत विश्वचर्चीत फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन् । त्यसैले उनको अभिनयको कुशलताले ‘जार’लाई थप उचाइ दिएको निर्माणपक्षले बताएको छ ।नयाँ र फ्रेस अनुहारमार्फत कथा भन्दा दर्शकलाई कथा बुभलाउन सहज हुन्छ, सिनेमा विश्वस्नीय हुन्छ । यो सुविधा ‘जार’ले गीताञ्जलीमार्फत पाएको छ ।

‘जार’ सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित सिनेमा हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा हो ।इन्द्रबहादुर राईले सन् १८ सयको दशकको विषयलाई आफ्नो कथाको विषय बनाएका थिए ।

‘जार’लाई निर्देशक फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् । चलचित्र ‘जार’ले एक प्रेमकथामार्फत तत्कालीन समाजको संरचना र मानव भावनाको जटिलतालाई देखाउनेछ ।फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक लामाको दाबी छ ।

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ ।चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।

चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ ।

यो चलचित्रको सिक्किममा ग्राण्ड वर्ल्ड प्रिमियर सम्पन्न भएको छ । ‘जार’ हेरिसकेपछि स्थानीय दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।

चलचित्रलाई पर्दामा नियाल्दै केही घण्टा मात्रै पनि आफ्नै समाजको इतिहासको साक्षी बस्न पाउँदा सिक्किमेली दर्शक कोही भावुक त कोही उत्साहित देखिए । कलाकार, निर्देशक, सिनेमाटोग्राफी, विजिएम र भिएफएक्सलाई दर्शकले तारिफ गरे ।

यो चलचित्रले साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित कृतिलाई पूर्णतः न्याय गरेको निर्देशक साम्तेन भुटियाले बताए । नेपाली मौलिकता पस्केको ‘जार’ अभिनय, निर्देशक र प्राविधिक सबै पक्षमा अब्बल बनेको उनको भनाइ छ । धेरै चलचित्रमा निर्देशकलाई भेट्नै मुस्किल पर्छ, यो चलचित्रमा हरेक जसो दृश्यमा निर्देशकलाई पाउन सकिन्छ, राम्रो चलचित्रको बलियो पक्ष नै यो हो, साम्तेनले भने, ‘धेरै लामो दृश्यमा संवाद नै नराखी पनि निर्देशकले दर्शकलाई होल्ड गर्न सफल छ, एउटा सृजनशील मेकर नेपाली चलचित्रले पाएको छ ।’

शुक्रबार, बैशाख १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो
रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार
‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

Namaste Chitwan

लोकप्रिय

  • १.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • २.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ५.
    शक्तिपीठमा भक्तजनको घुइँचो

  • ६.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

भर्खरै

  • १.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • २.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ३.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ४.
    जुम्लाबाट यस वर्ष ५५ करोड रुपियाँ बराबरको कारोबार

  • ५.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • ६.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ७.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ८.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.