काठमाडौं,वैशाख २५
महानायक राजेश हमालको ८ वर्षपछि कमब्याक गर्न लागेको प्रतीक्षित फिल्म ‘नरसिंहा अवतार’ को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेटभन्दा लामो ट्रेलरमा हमाललाई ‘नरसिंहा अवतार’को रुपमा देख्न पाइन्छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गीत सार्वजनिक भइसकेको छ । यो गीत सामाजिक संजालमा सुपरहिट भइरहेको छ । युट्युबमा पनि यो गीतलाई दर्शकले निकै रुचाएका छन् ।

फिल्ममा राजेश हमाल, सरोज खनाल, निर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, प्रकाश कुँवर, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।

चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको एक्सन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भिएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, राकेश दाहालको पोस्टर डिजाइन छ ।क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जन निर्माता रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ । ‘नरसिंहा अवतार’ जेठ ९ गतेदेखि प्रदर्शन हुँदैछ ।


